७ वैशाख २०८१ शुक्रबार
राजनीति

कम्युनिस्ट सरकार मुलुकका लागि ‘दुर्भाग्य’ : बालकृष्ण खाँण

नेपाली कांग्रेसले रूपन्देहीका १० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा आज (शनिबार) विरोध प्रदर्शन गरेको छ।कांग्रेसले जिल्लामा ५ वटा निर्वाचन क्षेत्र अन्तर्गतका १० प्रदेश निर्वाचन क्षेत्रमा विरोध सभा आयोजना गरेको हो।विरोध सभामा बोल्दै कांग्रेस नेताहरुले  कम्युनिस्टहरु प्रजातान्त्र  र लोकतन्त्रवादी हुनै नसकेको दाबी गरेका छन्।आफनो पार्टीको आन्तरिक कलह मिलाउन नसकेर कम्युनिस्ट सरकारका प्रधानमन्त्रीले नै संविधान च्यात्ने काम गरेको भन्दै कांग्रेस नेताहरुले लोकतन्त्र  र जनाधिकार रक्षाका लागि कांग्रेसको विकल्प नभएको बताए।

रुपन्देही क्षेत्र नं. ३ क को भैरहवामा बिरोध सभालाइ सम्वोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले कम्युनिस्ट सरकार मुलुककालागि अति दुर्भाग्यपूर्ण रहेछ भन्ने कुराको पुष्टि भइसकेको बताए।दुइ तिहाइको कम्युनिस्ट सरकारले मुलुकको हितमा एउटै राम्रो काम गर्न नसकेको भन्दै उनले आफुले गरेका भ्रष्टाचार र लुटतन्त्रको संरक्षणकालागि प्रम ओलीले संविधान च्यात्ने काम गरेको बताए।पुर्व रक्षामन्त्री समेत रहेका खाँणलेप्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको संवैधानिक र मौलीक अधिकार खोसेको बताए।प्रतिनिधि सभा बिघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै उनले सो कदम नसच्चीए सरकार मात्रै नभइ कम्युनिस्टहरु नै पतन भएर जाने बताए ।

प्रम ओलीको असंवैधानिक कदमलाई साथ दिएर राष्ट्रपतिले आफुलाइ नेपाली जनताको नभइ ओलीको राष्ट्रपतिको रुपमा उभ्याएको टिप्पणी गरे।नेपाली कांग्रेसले जनताकै साथमा रहेर संविधान र लोकतन्त्रको रक्षाकालागि  महत्वर्पूण कदम चाल्ने उनले बताए।क्षेत्र नं. २ क का सभापती पुरन प्रसाद श्रेष्ठ,प्रदेश सांसद रमा अर्याल,नगरसभापती दिलीप धिताल, प्राध्यापक संघका शंकर पन्थी लगायतले बोल्दै संविधान र जनाधिकार रक्षाकालागि काँग्रेसले चाल्ने  हरेक कदमलाइ नेपाली जनताले साथ दिने बताए।

यता रुपन्देही क्षेत्र नं. २ ख को ड्राइभरटोलमा भएको बिरोध सभालाइ काँग्रेस नेताहरु महासमिति सदस्य काजिमान श्रेष्ठ,क्षेत्रीय सभापती हरी लम्साल,२ ख का सभापती माधवलाल देवकोटा,महाधिवेशन प्रतिनिधि मनोरमा शेरचन,जिल्ला सदस्य जितबहादुर मल्ल, तरुणदलका सचिव रमेश शाही,नेविसंघका केन्द्रिय उपाध्यक्ष मुक्ति पौडेल,भुपु सैनीकका लालबहादुर भण्डारी, वडा सभापती  जोवन सिंह ठकुरी,उपसभापती मुक्ती अधिकारी,सचिव राममाया पौडेल लगायतले बोल्दै तीन बर्षमा जनहितका एउटा पनि काम गर्न नसकेको कम्युनिष्ट सरकारले संसद नै भंग गरेर संविधान माथि  गरेको बताए ।

क्षेत्र नं. २ ख को नयाँगाँउमा भएको बिरोध सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथि महासमिति सदस्य युवराज गिरी,बुटवल नगरसभापती खेलराज पाण्डे, सैनामैना सभापति रामप्रसाद अधिकारी महासमिति सदस्य रामबहादुर कार्की, जिल्ला सदस्य माया गौतम, गोबिन्द लम्साल,२ ख का सभापती पर्शुराम ढकाल लगायतले बोल्दै कम्युनिस्ट सरकारले मुलुकको लोकतान्त्रिक संबिधान च्यातेर देशलाइ अधिनायकबाद र अस्थिरता तर्फ धकेलेको बताए ।

प्रकाशित: २५ पुस २०७७ १३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App