१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

केपी ओलीले चुनाव गराउँदैनन् : भट्टराई

फाइल तस्बिर

जनता समाजवादी दलका राष्ट्रिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारले चुनाव नगराउने दाबी गरेका छन् । जनतासमाजवादी पार्टीले विराटनगरमा आयोजना गरेको बिरोधसभालाई सम्बोधन गर्दै भट्टराईले २ तिहाइको सरकार ढालेर आफै हार्ने चुनाव ओलीले नगराउने दाबी गरे ।

मुसालाई पासोमा पसाउन राखेको ललिपप जस्तै ओलीले पनि अलमल्याउन र दलहरूलाई फसाउन चुनावको पासो थापेको भट्टराईले बताए । कम्वोडियामा चुनावको नाटक गरेर वर्षौंदेखि  सत्ता कब्जा गरिरहेका हुन्सेनले जस्तै खालको चुनाव ओलीले गराउने भट्टराईले स्पष्ट पारे । ‘ओलीले कुनै हालतमा चुनाव गराउँदैनन्’भट्टराईले भने‘चुनाव गराईहाले पनि  कम्वोडियाको हुन्सेनको जस्तो चुनाव गराउँछन्  ।’ प्रतिगमनकारीले गराउने चुनावमा नलोभिन भट्टराईले नेपाल िकांग्रेसलगायतका दलहरूलाई आग्रह गरे ।  

संविधानमा प्रतिनिधिसभा विघटन गर्ने प्रावधान छैन । २०४७ सालको संविधान अनुसार बनेका सरकारले तीन पटक प्रतिनिधिसभा विघटन गरे पनि  अहिलेको संविधान अनुसार प्रधानमन्त्रीले  प्रतिनिधिसभा विघटन गर्न पाउने प्रावधान नभएको भट्टराईले स्पष्ट पारे  । ‘संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने कुनै ठाउँ राखिएको छैन’ भट्टराईले भने  । संविधान विपरित प्रतिनिधसभा विघटन गरेर केपी ओलीले संविधानको महत्वपूर्ण पाना नै च्यातेर फालेकाले त्यो संविधानले काम नगर्ने उनले बताए  । 

ओलीको वज्रपातले संविधान कोमामा गइसकेको भट्टराईको भनाई छ ।‘अब कोमामा गइसकेको संविधानलाई व्यूझाउन संसोधन प्रक्रियामार्फत  नयाँतरिकाले अघि बढ्नुपर्छ’ उनले भने । उनले   विभिन्न चरणमा भएका आन्दोलनको उपलब्धीलाई जोगाएर थप उपलब्धी हाँसिल गर्न आबश्यक रहेको पनि बताए  । ओलीको सवृसत्तावादी प्रबृत्तीले अदालतलाईसमेत हस्तक्षप गरेको उनको दाबी छ  । प्रधानमन्त्री र राष्ट्रपतिको गलत कदम अदालतले खारेज गर्नुपर्छ । गलत कदम खारेज गर्न दबाब दिन कुनै द्विविधा नपाली सडक आन्दोलनमा उत्रनुपर्छ । जनताको बलमा प्रतिनिधिसभा व्यूताएर संविधानलाई क्रियाशिल बनाउन पनि आन्दोलन जरुरी रहेको उनले बताए  ।  

प्रकाशित: २५ पुस २०७७ ११:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App