प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा कांग्रेसले शनिवार जिल्लामा प्रदर्शन गरेको छ । कांग्रेसले शनिबार देशभरका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । त्यही क्रममा गण्डकी प्रदेशका कास्की सहितका जिल्लामा प्रदर्शन गरेको कांग्रेसले बताएको छ ।
कास्कीका प्रदेश समितिले आ आफ्नो क्षेत्रमा प्रदर्शन गरेको कांग्रेसले बताएको छ । पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले शनिबार देशभर प्रदर्शन आयोजना गरेको हो ।
कांग्रेसका कास्की प्रवक्ता नविन सिग्देलका अनुसार कास्कीका ६ वटै प्रदेशसभा क्षेत्रमा स्थानीय नेताले सम्बोधन गरिरहेका छन् । प्रवक्ता सिग्देलका अनुसार, प्रदेशसभा १ ‘क’ को तालचोक, ‘ख’ मा आद्योगिक क्षेत्र, प्रदेशसभा २ ‘क’ को विरौटा, ‘ख’ को चिप्लेढुङ्गास्थित पार्टी कार्यालय, प्रदेशसभा ३ ‘क’ को हेमजा मिलनचोक र ३ ‘ख’ को लौरुक र वाम्दीबाट प्रदर्शन शुरु गरेको थियो । दर्शनमा सहभागि हुन कांग्रेसका कार्यकर्ता गाउँगाउँबाट उर्लिएका थिए । विरोध प्रदर्शनमा बोल्दै नेताहरुले संसद विघटनको विरोध गरेका थिए । प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको नेताहरुले बताएका छन् ।
प्रकाशित: २५ पुस २०७७ ०८:२० शनिबार