coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

योगेश भट्टराई भन्छन्ः प्रधानमन्त्री ज्यू, ढिला नगरि घर फर्किनुस्

पोखरामा विहीबार बोल्दै नेता योगेश भट्टराई । तस्बिरः उमेश पुन÷नागरिक

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा सच्चिएर घर फर्किन आग्रह गरेका छन् ।  

नेकपा निकट सम्बद्ध जनवर्गिय संगठनको जिल्लास्तरीय संयुक्त भेलालाई पोखरामा विहीबार सम्बोधन गर्दै भट्टराइले भने, ‘प्रधानमन्त्री ज्यू, तपाईले गल्ती गर्नुभयो,’ उनले अगाडि थपे, ‘अब ढिला नगरी घर फर्किनुस्, अहिल्यै फर्किनु भयो भने समय छ, तीनवर्षपछि फर्किँदा समय घर्किनेछ ।’  

ओलीले पार्टीमा रहँदासम्म पार्टी नबुझेको आरोप पनि भट्टराइले लगाए । उनले भने, ‘तपाईं पार्टीमा रहुञ्जेल पार्टीलाई बुझ्नु भएन, जतिबेला तपाईंले पार्टी बुझ्नुहुनेछ त्योबेला तपाईंसँग पार्टी नै हुनेछैन ।’

भट्टराइले प्रधानमन्त्री ओलीलाई प्रतिक्रान्तिकारी र प्रतिगमनकारी भएको आरोप पनि लगाए । प्रधानमन्त्री ओलीले क्रान्तिमाथि कुठाराघात गरे, अग्रगमनमाथि, संघीय लोकतन्त्रमाथि कुठाराघात गरे, त्यसैले उनी प्रतिक्रान्तिका नायक हुन्, प्रतिगमनकारी हुन्,’ भट्टराइले भने ।

भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । उनले सर्वाेच्च अदालतले संसद पुर्नस्थापना गर्ने बताए । ‘तीनमहिना भित्र संसद पुर्नस्थापना हुन्छ,’ उनले भने । भट्टराईले २०४६ सालपछि अहिलेसम्मका पूर्व प्रधानन्यायाधीश, पूर्व महान्यायाधिवक्ता र बारका पूर्व अध्यक्ष सबै प्रधानमन्त्रीको कदमको विपक्षमा रहेको दावी गरे ।

नेता भट्टराईले अधिनायकवादी ओलीलाई सेनाले पनि साथ नदिने बताए । ‘ज्ञानेन्द्र शाहको पथमा हिंडेका ओलीलाई सेनाले पनि साथ दिदैन,’ उनले भने, ‘ज्ञानेन्द्रको जत्तिको जग ओलीको छैन । ज्ञानेन्द्रलाई त साथ नदिएको सेनाले ओलीलाई पक्का साथ दिदैन ।’ सेना लोकतान्त्रिकरण भइसकेको बताउँदै उनले भने, ‘सेना सत्ता र शक्तिको पछि लाग्दैन । सेनाले अब ज्ञानेन्द्रलाई जस्तै भन्नेछ, ‘प्रधानमन्त्री ज्यू, हजुरलाई सिंहदरबारबाट बालकोट सिफ्ट गर्दैछौं ।’

नेता भट्टराईले सुर्यचिह्नमा अरुले आँखा लगाएपनि आफुहरु बाहेक अरुले नपाउने बताए । उनले भने, ‘सुर्य चिह्न हिजोपनि हामीसँग थियो, आजपनि छ र भोलिपनि रहनेछ ।’ उनले चुच्चे नक्सा जारी गरेर वाहवाही कमाएका प्रधानमन्त्रीले त्यहि चुच्चेनक्सा छापिएको किताव वितरण गर्न नदिएर भारतप्रति खातिरदारी गरेको आरोप लगाए ।

प्रकाशित: २३ पुस २०७७ ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App