७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश २ : नेकपा संसदीय दलको नेताबाट सत्यनारायण 'आउट' शत्रुधन 'इन'

प्रदेश २ को नेकपा संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएर शत्रुधन महतोलाई चयन गरेको छ। नेकपा(दाहाल–नेपाल) पक्षका १९ जना सांसदले संसदीय दलका नेताबाट मण्डललाई हटाएको छ।

जनकपुरमा मंगलबार बसेको संसदीय दलको बैठकले निर्वाचन मार्फत संसदीय दलको नयाँ नेतामा शत्रुघन महतोलाई चयन गरेको चिर्वाचन समितिका संयोज समेत रहेका सांसद जगतप्रसाद यादवले जानकारी दिए। मण्डल नेकपा (ओली) र महतो नेकपा (दाहाल–नेपाल) पक्षका प्रदेश सांसद हुन्।  जनकपुरस्थित प्रदेशसभा सचिवालयमा रहेका नेकपाको संसदीय दलको मंगलबार बसेको बैठकले मण्डललाई दलको नेताबाट हटाइएको र निर्वाचन मार्फत महतोलाई दलका नयाँ नेता चुनिएको दलका उपनेता रामकुमार यादवले जानकारी दिए।

दलका नेताबाट मण्डललाई हटाइएको र दलका नयाँ नेता महतोलाई चुनिएको जानकारी सभामुख सरोज यादवलाई गराइएको  यादवले बताए। सचेतक बेचु लुङेलीसहित हामी सभामुखलाई संसदीय दलको बैठकबाट गरिएको निर्णय लिखितै रुपमा जानकारी गराइएका छौं, उनले भने।

प्रदेश २ मा नेकपा विभाजन नहुँदा ३२ जना सांसद थिए। नेकपा दुई विभाजित बनेपछि नेकपा (दहाल–नेपाल) सँग बहुमत १९ जना सांसद र नेकपा (ओली) सँग १३ जना सांसद छन्।  

नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध नेकपा(दहाल –नेपाल ) पक्षले पुस १३ गते नै विधानअनुसार अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको उपनेता रामकुमार यादवले बताए। संसदीय दलको बैठक बोलाउनका लागि प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा तथा सचेतक बेचु लुंगेलीलाई आग्रह गरेपछि उहाँहरुले ३२ जना सांसदहरुलाई जानकारी गराएर मंगलबार बैठकको समय तोक्नुभएको थियो, यादवले भने।

प्रदेशसभामा तत्कालिन नेकपा एमालेका २१ र नेकपा माओवादी केन्द्रका ११ सांसदको प्रतिनिधित्व थियो। तत्कालीन एमालेमा संसदीय दलको नेताका लागि चुनाव हुँदा मण्डललले कुल १२ मत पाएका थिए। अर्का उम्मेदवार उम्मेदवार शत्रुघन महतोको पक्षमा ८ जना सांसदले मत दिएका थिए।  

तत्कालिन एमालेका गोविन्दबहादुर न्यौपाने, अशोककुमार यादव, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जुकुमारी यादव, रविन्द्र बैठा, बेचु लुंगेली, शत्रुघन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा, हसिमा खातुनसहित कुल १४ सांसद दहाल–नेपाल पक्षमा रहेको सांसद जगत प्रसाद यादवले बताए। पूर्व माओवादी केन्द्रका कुल ११ जना सांसदमध्ये जगतप्रसाद यादव, प्रमिलाकुमारी यादव, भरतप्रसाद साह, रामकुमार यादव, रुबीकुमारी कर्ण, फुलिया देवी सदायसहित कुल ६ जना सांसदहरु दहाल– नेपाल पक्षमा रहेको नेता महतोले बताए।  

नेकपा दुई पक्षमा धुब्रीकरण भएपछिको प्रभाव यहाँको प्रदेशसभामा मात्र परेको छैन। यस प्रदेशका सांसदसँगै शीर्ष नेताहरु समेत विभाजित भएका छन्। यस प्रदेश भित्रको नेकपा संरचनामा आफूहरुको बहुमत रहेको सांसद जगत यादवको दावी छ।

विभाजित भएसँगै नेकपाले प्रदेश २ को प्रमुख प्रतिपक्षी दलको हैसियत पनि गुमाएको छ। नेपाली कांग्रेससँग पनि १९ जना सांसद छन्। अब प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा ( दहाल–नेपाल) सँग बराबर १९ /१९ जना सांसद संख्या भएको छ।

 

 

प्रकाशित: २१ पुस २०७७ १३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App