७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा. बाबुराम भट्टराईलाई कमल थापाको जवाफ : आगो लागेको घरबाट निस्कनोस्

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् विघटनलाई गणतन्त्रको घरमा आगो लगाइएको संज्ञा दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले त्यस्तो घरबाट निस्किन सुझाव दिएका छन्।  

पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमार्फत ठूलो कोठामा सुत्ने झगडाका कारण जिन्दगीभरको मेहनतले बनाइएको ’संघीय लोकतान्त्रिक गणतन्त्र’को घरमै आगो लगाइएको भन्दै निभाउन सबै दललाई आग्रह गरेका थिए।  

त्यसैको जवाफमा राप्रपा अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत डा. भट्टराईलाई त्यस्तो घरबाट निस्किन र नयाँ घर बनाउन भन्दै व्यंग्य गरेका हुन्।

हेर्नुहाेस्, दुवै नेताकाे टि्वट :

प्रकाशित: २० पुस २०७७ ०८:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App