७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओलीविरुद्ध आफूले भन्दै नभनेको कुरा समाचार बनाइएको भन्दै भीम रावलको आपत्ति

नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले आफूले भन्दै नभनेको कुरा एक सञ्चारमाध्यमले समाचार बनाएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।  

सोमबार धनगढीमा आयोजित कार्यक्रममा उनले ‘ओलीको शरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम गरेन’ भनेकाे भनी एक अनलाइनले समाचार प्रकाशन गरेको थियो।  

आफूले बोल्दै नबोलेको कुरा बोलेको भनी आफूविरुद्ध घृणा फैला त्यस्तो लेखेको भन्दै पूर्वमन्त्री रावलले घोर निन्दा गरेका हुन्।  

‘ओलीको शरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम गरेन’ भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्दछु। त्यो निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो,’ नेता रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु। म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु।’

प्रकाशित: १४ पुस २०७७ ०८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App