coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद विघटन गरेर प्रधानमन्त्री ओलीले मुलुकलाई अराजकतातर्फ लैजान थाले : गगन थापा

नेपालगन्ज, पुस १३

नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधी सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अराजकतातर्फ लैजान थालेको बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले नेपालगन्जमा सोमबार आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको कदम सर्वसत्तावादी र अधिनायकवादी रहेको जिकिर गरे ।  

‘यो सर्वसत्तावादी र अधिनायकवादी कदम हो, यो कदमले नेपाललाई ठुलो अराजकतातर्फ लिएर जादैछ, ठुलो अनिश्चिततातर्फ लिएर जादैछ, यो नेपालमाथीको  ठुलो षडयन्त्र हो,’ उनले भने । जनमतको सुबिधा, संसदभित्रको गणितको सुविधा र देश तथा विदेश सबैतिरको अनुकुल वातावरण पाउँदै गर्दा पनि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेकपाबाट निर्वाचित प्रधानमन्त्री ओलीले संबिधान र ब्यवस्थाप्रति विश्वासघात गरेको पुर्वमन्त्री थापाले बताए । ‘यो संविधान र ब्यवस्था प्रतिको विश्वासघातले गर्दा आज सिंगो ब्यवस्थामाथी नै प्रश्न उठिरहेको छ,’ उनले थपे ।

प्रधानमन्त्रीको अधिनायकवादी कदमबाट जनताको विश्वास डगमगाइरहेको कांग्रेस नेता थापाले जोड दिए । संसदभित्र टाउको गनेर प्रधानमन्त्रीमा निर्वाचित भएका ओली अहिले टाउको गन्दाखेरी संख्या कम हुँदा मैदान छाडेर भागेको उनले आरोप लगाए । देशको सबैभन्दा सर्बोच्च पदमा बसेका राष्ट्रपति र सर्बोच्च पदमा बसेका प्रधानमन्त्रीले नेपाली जनतासँग कपटी, जाली र फट्याई गर्ने काम गरेको कांग्रेस केन्द्रिय सदस्य थापाले आरोप लगाए ।  

उनले भने, ‘यो नेपाली जनतालाई हेपेको हो, यस्तो हेप्न त हिजोका राजा ज्ञानेन्द्रले पनि आँट गरेका थिएनन्, यो तपाईलाई हेपेको हो, यो मलाई हेपेको, यो हामीलाई हेपेको, यो नेपाली जनताको विवेकलाई हेपेको हो, हाम्रो स्वाभिमानलाई हेपेको हो ।’ प्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीले पार्टीभित्रको झगडा मिलाउन नसकेर त्यसको भारी नेपाली जनतालाई बोकाउने काम गरेको नेता थापाको भनाई छ । ‘यो घटनाको दोषी नेपालको प्रधानमन्त्री , यो अपराधको मतियार नेपालको राष्टपति हुन्, पार्टीभित्रको कलह मिलाउन नसक्ने, पार्टीभित्रको हिसाब किताब मिलाउन नसक्ने अनि त्यसको भारी तपाई हामीले बोक्नुपर्ने ?’ उनले प्रश्न गर्दै भने ।

प्रधानमन्त्री र राष्ट्रपतिले सिंगो संसदलाई विघटन गरेर संबिधानलाई नै दुर्घटनातर्फ लिएर जान थालेको नेता थापाले टिप्पणी गरे ।  

अर्को प्रसंगमा तत्कालिन नेकपा एमाले र माओबादीबीचको एकिकरण आलु र काउली जस्तै भएको भन्दै उनले ब्यंग्य गरे । ‘त्यो अप्राकृतिक र अपराधिक गठबन्धन केवल सत्ता गठबन्धनका निम्ति मात्रै थियो, सत्ता स्वार्थका निम्ती मात्रै थियो,’ थापाले भने । स्थिरताको र समृद्धिको नारा दिएर आएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पतन देखेर यो ब्यवस्थाप्रति जनताको विश्वास नगुमोस् भन्नेमा कांग्रेस चिन्तित रहेको उनले बताए । प्रधानमन्त्री ओलीको असम्बैधानिक कदमविरुद्ध कांग्रेस एक ढिक्का भएर उभिएको केन्द्रिय सदस्य थापाको दाबी छ । कांग्रेस क्षेत्र नम्बर २ बाँकेका सभापति रमेश गुप्ताको अध्यक्षतामा भएको बिरोध सभामा कांग्रेस बाँकेका सभापति किरण कोइराला, लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी र नेपाली कांग्रेस नेपालगन्ज उपमहानगर सभापति प्रशान्त विष्टले कम्युनिष्टले नेपाली जनतालाई धोका दिएको बताए ।  

यो पनि पढ्नुहोस्

काङ्ग्रेसको चिन्ता ओलीले लिनुपर्दैनः गगन थापा

 

 

प्रकाशित: १३ पुस २०७७ १२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App