८ वैशाख २०८१ शनिबार
राजनीति

‘खड्गतन्त्रको हिटलरी तरबार उठेको विषयले पोखरा लिटरेचर फेस्टिभलमा एक पित्को ठाउँ पाएनछ, किन?’

लेखक खगेन्द्र संग्रौलाले ‘पोखरा लिटरेचर फेस्टिभल’मा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको विषयले ठाउँ नपाएको भन्दै चार प्रश्न गरेका छन्।  

हाम्रा मौलिक हकमा ओलीको ‘हिटलरी तरबार’ उठेको विषयले ‘पोखरा लिटरेचर फेस्टिभल’मा एक पित्को पनि स्थान नपाएको भन्दै साहित्यकार संग्रौलाले सोमबार सामाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन्।  

उनले प्रश्न गरेका छन्, ‘हाम्रा मौलिक हकहरूमाथि खड्गतन्त्रको हिटलरी तरबार उठेको विषयले पोखरा लिटरेचर फेस्टिभलमा एक पित्को ठाउँ पनि पाएनछ, किन?’

उनले अगाडि प्रश्न गरेका छन्, ‘शुध्द साहित्यमा फोहोर राजनीति मिसिएला भनेर? यो साहित्यको मतलबको विषय होइन भनेर? साहित्य राजनीति निरपेक्ष हुन्छ भनेर? कि खड्गतन्त्र रिसाउला कि भनेर?’

प्रकाशित: १३ पुस २०७७ ०७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App