coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रौतहटमा प्रचण्ड–नेपाल पक्षको जिल्ला भेला

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचन्ड–नेपालको पक्षको    वृहत् भेला सम्पन्न भएको छ। नेकपाको जिल्ला समिति अध्यक्ष कमल यादवको अध्यक्षता तथा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मातृका यादवको प्रमुख आतिथ्यमा भएको बृहत् भेलामा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समीर भट्टराई, विघटित प्रतिनिधि सभाका साँसद सरला यादव, पूर्व सांसद रामकुमार भट्टराई, पूर्वराज्यमन्त्री सत्यनारायण भगत लगायतका जिल्लाका नेकपा नेताहरुको उपस्थिति रहेको थियो।

ठूलो संख्याका भेला भएका नेकपा कार्यकर्ताहरुले प्रतिगामी कदमविरुद्ध १४ गते सदरमुकाम गौरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। यसै गरी क्षेत्र, पालिका तथा वडा स्तरमा पनि प्रतिगामी कदमविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको जिल्ला इन्चार्ज समीर भट्टराईले जानकारी गराएका छन्।  

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा नेताहरुले उत्साहका साथ नेकपा आफ्नो कब्जामा रहेको र नेपालको संविधान अनुसार ४० प्रतिशत पनि नपुगेको प्रधानमन्त्री केपी ओली समूहले नयाँ पार्टी दर्ता गर्ने सुझाव दिएका छन्।

नेकपाका रौतहट समर्थकहरु एकजुट रहेको सन्देश दिन सफल भएको विश्लेषण कार्यक्रममा सहभागी नेकपा प्रदेश दुई सदस्य तथा युवा नेता शम्भु साहले जानकारी गराएका छन्।

प्रकाशित: १२ पुस २०७७ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App