coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सुदूरपश्चिममा नेकपा : आफ्नो पक्ष बलियो बनाउन दुवै पक्षको होडबाजी

नेकपा पार्टी बिभाजन भएर ओली पक्ष र प्रचण्ड माधव पक्षले अलग्गै भएपछि सुदूरपश्चिम प्रदेशको राजनीति तरंगित भएको छ। ओली र माधव पक्षको स्पष्ट गुट रहेको सुदूरपश्चिम प्रदेशमा यस प्रदेशका प्रभावशाली नेता लेखराज भट्ट प्रचण्डको साथ छोडेर ओली पक्षतिर आएपछि याहाँको राजनिति पेचिलो बनेको छ। राजनितिक समिकरण कस्तो हुने हो अहिले एकिन आकार लिईसकेको अवस्था छैन। प्रचण्डको साथ छोडेर भट्ट ओली पक्षतिर लागेपछि कयौ जना दुवैतिर नखुलेर मौन वसेका छन। दुवै पक्ष मौन वसेका र अन्यौलमा रहेका नेता, कार्यकर्तालाई मात्र नभई सुदूरपश्चिम प्रदेश शभाका सासंदलाई समेत आफूतिर तान्न सक्रियपुर्वक लागेका छन।

सुदूरपश्चिममा प्रदेश शभामा नेकपाका ३९ सदस्य छन। नेकपा एमालेवाट २५ र माओवादीवाट १४ जना सदस्य रहेका थिए। ओली पक्षका ३ जना वाहेक माओवादीवाट सदस्य भएका सवैजना आफूतिर भएको भन्दै प्रचण्ड माधव पक्षका नेताले दावी गरिरहेका वेला ओली पक्षतिर सासंदको संख्या बढ्दै गएकाले ओली पक्ष उत्साहित भएको छ।  

नेकपाका ३९ जना प्रदेश शभा सदस्य मध्यमा १३ जना सदस्य आफुतिर खुली सकेको ओली पक्षको दावी छ।ओली पक्षवाट केन्द्रिय सदस्यमा मनोनित भएका माओवादी तर्फका सासंद महेशदत्त जोशीले १३ जना पुगिसकेको बताएका छन।

पठान सिहं वोहरा, नेपालु चौधरी, रतन थापा तत्कालिन नेकपाको ओली पक्षका सासंद हुन। यसैगरि लिलाधर भट्ट ओलीपक्ष तर्फ खुलेका छन। यसैगरि माओवादी तर्फका सासंदहरु ओलीपक्ष तर्फ खुल्ने क्रम चलेको छ। नेकपाका केहि सासंद भने मौन वसेका छन। ‘हामी तर्फ १३ जना पुगिसकेका छन, १५ जना पुग्ने संभावना छ’ओली पक्षका एक केन्द्रिय सदस्यले भने,‘ प्रदेश शभामा प्रचण्ड माधव पक्ष अल्पमतमा परेको छ।’

प्रदेश सरकार  फेरबदलको चर्चा

ओली पक्षको १३ सदस्य हुने बित्तिकै ५३ सदस्य रहेको प्रदेश शभामा प्रचण्ड माधव पक्षको २६ सदस्य मात्र वाँकी रहन्छन। १२ सदस्य नेपाली काग्रेस र २ राजपा छन। ओली पक्षको १३ सदस्य पुगेमा प्रदेश सरकार फेरबदल हुन सक्ने चर्चा शुरु भएको छ। प्रचण्ड माधव पक्ष र ओली पक्ष दुवैले नेपाली काग्रेस सँग सहकार्य गरेर सरकार चलाउने वारेमा छलफल शुरु गरेका छन।  

प्रचण्ड माधव पक्षले भने ३२ जना आफू सँग रहेको र ७ जना मात्र ओली पक्ष तर्फ रहेको दावी गरेका छन।

मुख्यमन्त्री पद धरापमा

प्रचण्ड माधव पक्षमा रहेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनकै पक्षकासासंदहरुले असन्तुष्टी जनाउदै मुख्यमन्त्री बदल्नुपर्ने कुरा उठाउन शुरु गरेपछि मुख्यमन्त्रीको पद धरापमा परेको बिश्लेष्ण गरेको छ। केहि सासंदहरुले मुख्यमन्त्री बदल्नु पर्ने भनेर लविङ शुरु गरेको एक सासंदले बताएका छन। यो लविङ मुख्यमन्त्री बदल्न हो वा फेरवदल हुने सरकारमा आफ्नो मन्त्रि पदको वार्गेनिङका लागी हो भन्ने कुरा एकिन हुन सकेको छैन। ‘सरकार गठन हुदाँ मन्त्री पद नपाएर असन्तुष्ट भएका केस सासंदहरुले अव केहि मन्त्री हटेर नयाँ थप हुने मन्त्रीका लागी बार्गेनिङ गर्न मुख्यमन्त्रीको विरोध गरेका हुन सक्छन, तर मुख्यमन्त्री नै बदल्ने गरि कसैले अवाज उठाएको छैन ’ मुख्यमन्त्रीका स्वकिय सचिव शिव ओलीले भने।काठमाण्डौ फर्कर्नेबित्तिकै मुख्यमन्त्री त्रिलोचन भट्टले शनिवार सासंदहरु सँग भेटघाट गरेको उनले बताए।  

लेखराज भट्टले मुख्यमन्त्री बनाएका त्रिलोाचन भट्टले लेखराजको साथ छोडेर प्रचण्ड र रावलमा पक्षमा छन। पुर्व एमालेवाट ४ र माओवादीवाट ३ मन्त्री छन। ७ सदस्यि प्रदेश सरकारको मन्त्रीमण्डलमा भौतिक विकास तथा योजना मन्त्री पठान सिह वोहरा ओली पक्षधर हुन। लेखराज नजिक मानिने आन्तरिक मामिला तथा योजनामन्त्री झपट वोहरा ओली पक्षमा उभिएका छन।

माओवादी कोटावाट मन्त्री बनेका भुृमी व्यवस्था,कृषी, तथा सहकारी मन्त्री बिनिता चौधरी प्रचण्ड माधव पक्षमा छन। आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, समाजिक विकास मन्त्री कृष्णराज सुवेदी, उद्योग, पर्यटन वन तथा बतावरण मन्त्री  माया भट्ट रावल पक्षमा छन। यसरी ७ जनामा मुख्यमन्त्री सहित ५ जना प्रचण्ड माधव पक्षमा छन २ जना ओली पक्षमा छन।  

यसैगरि सुदूरपश्चिममा ठूला नेताहरुमा रावल, प्रदेश कमिटीका सहइन्चार्ज खगराज भट्ट, उर्वादत्त पन्त प्रचण्ड नेपाल पक्षमा छन। भने स्थाईकमिटी सदस्य लेखराज, प्रदेश कमिटी अध्यक्ष कर्ण थापा, केन्द्रिय सदस्य महेश्वर पाठक ओली पक्षमा छन। यसैगरि झपट रावल, बिनामगर, डा. दिपक प्रकाश भट्ट प्रचण्ड नेपाल पक्षमा छन  भने प्रेम आले, गणेश ठगुन्ना, दामोदर भण्डारी, गौरिशंकर थारु,लालबहादुर थापा, नारदमुनी राना, नरबहादुर धामी, निरुपाल लगायतका ओली पक्षमा छन।

प्रकाशित: ११ पुस २०७७ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App