८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ६ बजेका लागि बोलाइएको बैठकले महत्वपूर्ण निर्णय गर्ने आँकलन गरिएको छ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले आजको बैठकबाट मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्। हिजोमात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको पहिलो काम मन्त्रिषरिषद् विस्तार हुने बताएका थिए।

ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षका ७ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। राजीनामा दिने मन्त्रीहरुमा घनश्याम भुसाल, गिरिराजमणि पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, शक्ति बस्नेत, रामेश्वर राय यादव र बिना मगरले राजीनामा दिएका थिए।  

पच्चिस सदस्यीय मन्त्रिपरिषद्मा ७ जना मन्त्रीले राजीनामा दिएपछि हाल १८ जना मन्त्री तथा राज्यमन्त्रीहरु छन्।

प्रकाशित: १० पुस २०७७ ०७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App