coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जसपा दोस्रो तहका नेताको मत : निर्वाचनको तयारी पनि गरौं

वुधबार जसपाले गरेको प्रदर्शन

जनता समाजवादी पार्टीका केही नेताले निर्वाचनको तयारीमा पार्टी जुट्नुपर्ने बताएका छन्। जसपाले संसद् विघटनविरुद्ध बुधबार देशभर प्रर्दशन गरेपनि दोस्रो तहका केही नेताहरुले निर्वाचनमा जान पर्ने बताएका हुन्। जसपाले शुक्रबार देशभर राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने र बिहीबार मसाल जुलुस निकाल्ने कार्यक्रम घोषणा तय गरेका छन्।  

बिहीबार जसपा शीर्ष नेताहरुले सभामुख अग्नी सापकोटालाई भेटेर प्रधानमन्त्रीको कमद असंवैधानिक भएको भन्दै संसद बैठक बोलाउन आग्रहसमेत गरेका छन्।

जसपाले संसद विघटनको विरोध गरेको छ। उसले विघटनको विरोधमा आन्दोलनको घोषणासमेत गरेको छ। तर जसपाकै केही शीर्ष नेताहरू आन्दोलनबाट संसद् पुर्नस्थापना नहुने भन्दै पार्टी चुनावको तयारीमा जुट्नु पर्ने धारणा राखेका छन्।  पार्टीले सुरु गरेको आन्दोलन संसद पुर्नस्थापनाकोलागि केन्द्रित गर्न नहुने उनीहरूको सुझाव छ।  ‘आन्दोलनबाट संसद पुर्नस्थापना हुन्न।  संसद पुर्नस्थापना गर्ने/नगर्ने जिम्मा सर्वोच्चलाई छाडौ’जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य तथा तत्कालिन जनता समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष सर्बेन्द्रनाथ शुक्लले भने,‘लोकतान्त्रिक पार्टी चुनावदेखि डराउनु हुन्न।  अब चुनावको तयारी गर्नु पर्छ। ’ संविधानमा देखिएको त्रुटी सच्च्याउन आन्दोलन गर्नु उनले सुझाव दिए।  ‘२०६२/६३ सालको परिस्थिति र अहिलेको परिस्थितिमा आकाश जमिन फरक छ।  २०६२/६३को आन्दोलने संसद पुर्नस्थापना गरे झै अहिले संसद पुर्नस्थापना हुन सक्दैन।  त्यो बाटोमा हामी जानु पनि हुन्न ’शुक्लले भने,‘त्यसैले पुनस्र्थापना गर्ने/नगर्ने जिम्मा अदालतलाई छाडौ र हामी चुनावको तयारीमा जुटौं।’

तर जसपाका अर्का नेता जितेन्द्र सोनालले संसद पुर्नस्थापनालाई पार्टीले पहिलो एजेण्डा बनाएर आन्दोलन सुरु गरेको बताउँदै भने,‘संसद पुर्नस्थापनाको पहिलो एजेण्डा बनाएर आन्दोलन सुरु गरेका छौ।  हामीले संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक कदम हो भनेका छौ। ’ संसद् पुर्नस्थापनाको एजेण्डाबाट पार्टी पछि हट्ने कुनै सम्भावना नभएको उनले प्रष्ट पारे।  

तर जसपाका कार्यकारिणी सदस्य तथा तत्कालिन जनता समाजवादी पार्टीका महासचिव राजिव झाले संसद् पुर्नस्थापनामा नभइ चुनावको तयारीमा पार्टी जुट्नु पर्ने बताए।  उनले भने,‘अब पार्टी चुनावको तयारीमा जुट्नु पर्छ।  जनतालाई फेरि मूल्याकंन गर्न दिनु पर्छ’झो भने,‘जनताले दिएको दुई तिहाइको म्याण्डेटको अवधि सकिएको छ।  कम्युनिस्टले दुई तिहाइ पचाउन सक्दैनन भन्ने प्रष्ट्र देखिएको छ। ’ संसद विघटन अलोकतान्त्रिक र असवैधानिक कदम भए पनि पार्टी चुनाव देखि डराउन नहुने उनको धारणा छ।  ‘किन चुनाव देखि डराउने ? चुनावमा जाऔ।  जनतालाई मूल्याकंन गर्न दिऔ’ झाले भने।  झाको विचारसँग जसपाका नेता मनीष सुमन सहमत छैनन।  ‘केपी ओली सरकारले निरुकुंश र अलोकतान्त्रिक शैलीबाट संसद् विघटन गरेको छ’सुमनले भने, ‘त्यसैले संसद पुर्नस्थापनाको माग राखेर पार्टीले आन्दोलन सुरु गरेको हो। ’

जसपाले देशव्यापी आन्दोलनमा उत्रन ७७ जिल्लाका कार्यकर्ताहरूले आब्हान गरेको छ।  केन्द्रले गरेको आब्हान अनुसार तत्कालिन राजपा र जसपाका जिल्ला समितिहरूले बुधबार जिल्ला सदरमुकाममा प्रदर्शन गरेका छन्।  केन्द्रले दिएको निर्देशन अनुसार बुधबार प्रदर्शन गरिएको तत्कालिन राजपाका केन्द्रीय सदस्य सवर प्रजापतिले जनाए।  आन्दोलनको आन्तरिक तयारी गर्न बिहीबार पार्टीले बैठक बोलाएको छ।  

 

प्रकाशित: ९ पुस २०७७ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App