coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद विघटनको विरोधमा जसपाद्वारा कलैयामा प्रदर्शन

जसपा बाराले बुधबार कलैयामा संसद विघटन असंवैधाानिक भएको भन्दै निकालेको जुलुस ।

संसद विघटन असंवैधानिक भएको भन्दै जनता समाजवादी पार्टी जिल्ला कार्य समिति बाराले बुधबार कलैयामा विरोध प्रदर्शन गरेको छ। सिद्धेश्वर संस्कृत माध्यमिक विद्यालयबाट सुरु भएको जुलुस नगर परिक्रमापछि भरतचोकमा कोणसभामा परिणत भएको थियो।  

कोणसभामा जसपाका नेता तथा बिघटित प्रतिनिधि सभा सदस्य रामबाबु यादव, राजकिशोर यादव, सुशिल यादव, श्याम गुप्ता, भरत खडका, अजय पटेल लगायतका नेताले संसद विघटन असंवैधानिक भएकाले संसद पुनर्स्थापना गर्नुपर्ने माग गरेको छन्। उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको कदमले आन्दोलनबाट प्राप्त उपलब्धि समेत गुम्ने अवस्था सृजना भएकोमा संसद पुनर्स्थापना नभएसम्म आन्दोलन गर्ने प्रतिबद्धता समेत गरेका छन्।

कार्यक्रममा संविधान सभा सदस्य प्रमोद गुप्ता, प्रदेश सभा सदस्य पारस साह, श्रद्धाशंकर जैसवाल, पचरौता नगरपािलका प्रमुख रमेश यादव, जिल्ला समन्वय समिति बाराका उप प्रमुख पवन व्याहुत, ओमप्रकाश चौधरी, धर्मेन्द्र यादव, जयप्रकाश साह लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

प्रकाशित: ८ पुस २०७७ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App