९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली समूहको वैठकमा गौतम र बादल गएनन्

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका केन्द्रीय कमिटी सदस्यहरुको भेलामा उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ अनुपस्थित भएका छन्। बालुवाटारमा मंगलबार बिहान सुरु भएको भेलामा ओलीको समर्थनमा उभिएका गृहमन्त्री थापा र आफू तटस्थ रहेको दाबी गर्ने पार्टी उपाध्यक्ष गौतम अनुपस्थित भएका हुन्।  

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल–नेपाल पक्षका ७ जना मन्त्रीहरुले राजीनमा दिएका थिए। तर, पूर्वमाओवादी खेमाका गृहमन्त्री थापा र उद्योग तथा वाणिज्य मन्त्री लेखराज भट्टले राजीनामा दिएनन्। पार्टी उपाध्यक्ष गौतमले भने आफू पार्टी फुटाउनका लागि गरिने कुनैपनि भेलामा सहभागि नहुने बताएका छन्।

ओली पक्षका केन्द्रीय सदस्यहरुको आजको भेलाले कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतलाई कारबाही गर्ने तथा केन्द्रीय सदस्य थप्ने तयारी गरेको छ।

आजै दिउँसो एक बजे प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक पनि बस्दैछ। सो समूहले पनि ओलीलाई अनुशासनको कारबाही गर्ने तयारी गरेको छ।

 

 

प्रकाशित: ७ पुस २०७७ ०६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App