८ वैशाख २०८१ शनिबार
राजनीति

सामाजिक संजालमा कार्यकर्ताको आक्रोश

कोहलपुरमा संसद विघटनको बिरोध गर्दै नेकपाका कार्यकर्ता । तस्विरः नागरिक

संसद विघटन गरेर आम निर्वाचनको मिति घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली कदमको विरुद्धमा आफनै कार्यकर्ता बिरोधमा उत्रिएका छन । संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीले बिपक्षी दलको मात्र होइन आफनै पार्टीका नेता तथा कार्यकर्ताबाट आलोचना खोप्नु परेको छ ।  

प्रधानमन्त्री ओलीको निर्णय कम्युनिष्ट पार्टी र संविधानको भावना विपरित भएको भन्दै बाँकेका कार्यकर्ताले सामाजिक संजालमै बिरोध गरेका छन ।  

बाँकेमा सडकमा उत्रिएर बिरोध प्रदर्शन गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थक नेता तथा कार्यकर्ता सामाजिक संजालमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भैरहेको छ । सामाजिक संजालमा नेकपा समर्थक कार्यकर्ताले ओलीको निर्णय विरुद्ध आक्रोस व्यक्त गरेका छन । तर ओली गुटका नेता तथा कार्यकर्ताले भने विरोध गरेका छैनन ।    

बाँकेका केहि स्थानीय नेताले प्रधानमन्त्रीको निर्णयले दिर्घकालिन रुपमा कम्युनिष्ट पार्टीलाई असर गर्ने तर्क गरेका छन । प्रधानमन्त्रीको निर्णय संविधानको मर्म विरोधी भएको तर्क कार्यकर्ताले गरेका छन ।  

नेकपा नेता सतिश निरौलाले वर्तमान सरकारले कम्युनिष्ट पार्टीलाई बर्तमान सरकारले इतिहासमा कलंक भिराएको आरोप लगाएका छन ।  

उनले सामाजिक संजालमा लेखेका छन, ‘कम्युनिष्ट पार्टीलाई जनताले दुइ तिहाइ मत दिदा समेत यसलाई थेग्न सकेनौं । धेरै वर्ष पहिले अमेरिकी राजदुत जुलिया च्याङ ब्लकले भनेकी थिइन, चाइल्डिस्ट लिभ इन बल्खु । आज पार्टी अध्यक्षको यो चाइल्डिस्ट डिसिजन कम्युनिष्ट आन्दोलन र मुलुकका लागि दुर्भाग्य हो, गुडबाइ सरकार ।’

नेकपा बाँके अध्यक्ष आइपी खरेलले पनि प्रधानमन्त्री ओलीको बिरोध गर्न पछि परेनन ।  

उनले लेखेका छन, ‘परिवर्तनका विरुद्धमा भएको संसद विघटन मुर्दावाद ।’ नेकपाकै नेता रत्न खत्रीले प्रधानमन्त्रीको कदमले २०१७ साल पुस १ को झल्को दिएको भन्दै व्यङय गरेका छन । संसद बिघटनको घोषणा गरेसँगै नेकपा बाँकेका सबै बैठक अर्को सुचना नआउनुजेल स्थगित गरिएको छ ।  

 

 

 

 

 

प्रकाशित: ७ पुस २०७७ ०४:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App