coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली विरोधमा उत्रिए नेकपाकै कार्यकर्ता

संसद विघटन भएपछि बाँकेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेता तथा कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन । नेकपाका कार्यकर्ताले सडकमा उत्रिएर ओलीको कदम गलत भएको भन्दै त्यसको बिरोध गरेका हुन ।

बाँकेको नेपालगन्ज र कोहलपुरमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वियुका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।  प्रदर्शनमा विद्यार्थी तथा युवा संगठनका नेताले संसद् विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेकोे भन्दै प्रदर्शनमा सहभागी भएको नेकपा समर्थनक कार्यकर्ताले बताएका छन ।

बिरोध प्रदर्शनमा भने ओली गुटका कार्यकर्ताको सहभागीता थिएन ।  त्यसैगरी प्रधानमन्त्री ओलीले लोकतन्त्रकको चिरहरण गरेको भन्दै कोहलपुरका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिएको छ । ओलीले संविधानको धज्जी उडाएको भन्दै नेकपा कार्यकर्ताले कोहलपुरको चौराहमा प्रदर्शन गरेका थिए ।  

 

 

 

 

 

 

 

प्रकाशित: ६ पुस २०७७ १०:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App