४ वैशाख २०८१ मंगलबार
राजनीति

संसद् विघटनविरुद्ध देशैभर प्रदर्शन गर्ने जसपाको निर्णय

संसद् विघटनविरुद्ध प्रदर्शन गर्ने निर्णय गर्न सोमबार बसेको जसपाको बैठक। <br>

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा विघटनको विरोधमा देशैभर प्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदमविरुद्ध जसपाले यही पुस ८ गते सबै जिल्ला सदरमुकाममा विरोध सभा गर्ने निर्णय गरेको हो।  

त्यसअघि थप रणनीति तय गर्न जसपाले भोलि मंगलबार केन्द्रीय कार्यकारिणी समितिको बैठक राख्ने भएको छ।  

जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीले सरकारको ‘असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगमनकारी हर्कतविरूद्ध’ प्रदर्शन गर्न लागिएको जानकारी दिएका छन्।  

‘जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने असंवैधानिक/अलोकतान्त्रिक/प्रतिगमनकारी हर्कतका विरूद्ध पौष ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ,’ उनले जानकारी दिएका छन्, ‘थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पौष ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ।’

प्रकाशित: ६ पुस २०७७ १०:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App