coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रिय सहमतिको सरकार नै उत्तमः परिवार दल

नेपाल परिवार दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालले अबको आवश्यकता राष्ट्रिय सहमति भएको बताएका छन् । गृहजिल्ला गोरखामा सोमबार पत्रकार भेटघाटका क्रममा उनले सबै राजनीतिक दल मिलेर सहमतिको सरकार निर्माण गर्नुपर्ने बताए ।  

‘सहमतीको सरकारले चुनाव गर्नुपर्छ,’ उनले भने ‘संसद खारेजको निर्णयमा राष्ट्रपतिको कुनै दोष छैन । हाम्रो पार्टी निर्वाचन स्वीकार्छौ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नु अदुर्दशिता भएको बताउँदै उनले खारेजीसँगै चुनावको मिति तोक्नु भने राम्रो पक्ष भएको बताए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्रको किचलोका कारण देश संकटमा परेको उनले आरोप लगाए ।  

संसद विघटनको मुद्धा अदालतमा पुगेकाले अदालतले गर्ने फैसला परिवार दललाई स्वीकार्य हुने अध्यक्ष ढकालले बताए । संविधान कार्यान्वयनमा संकट देखिएकाले यो संकट समाधान गर्न प्रधानमन्त्री आफै अग्रसर हुनुपर्ने बताउँदै उनले सबै दलले साथ दिनुपर्ने धारणा राखे । ‘अब सर्वदलीय बैठकबाट देशलाई निकास दिनुपर्छ,’ उनले भने । मंगलवार परिवार दलको केन्द्रीय समितिको बैठकले थप विषयमा निर्णय लिने र सोही अनुसार पार्टी अगाडी बढ्ने बताउँदै उनले भने ‘साना–ठुला सबै दलसँग छलफल गरेर देशको राजनीतिक समस्या हल गर्न पहल गर्छौ ।’

प्रकाशित: ६ पुस २०७७ ०९:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App