४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रधानमन्त्रीको कदमपछि नेपाली कांग्रेसले बोलायो बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष संसद विघटनको सिफारिस गर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले १ बजेलाई बैठक बोलाएको छ।

कांग्रेस नेता राधेश्याम अधिकारीका अनुसार सभापति शेरबहादुर देउवा निवास वुढानिलकण्ठमा दिउँसो १ बजे नेताहरु छलफलमा जुट्न लागेका हुन्।  

प्रधानमन्त्रीको कदमबारे धारणा बनाउन र अबको बाटो तय गर्न बैठक बस्न लागेको हो। नेकपाका नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बैठक बसिरहेका छन्।  

आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठक संसद विघटनको सिफारिस गरेको थियो।  

 

 

प्रकाशित: ५ पुस २०७७ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App