१५ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध कांग्रेस सडकमा

सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्योः कांग्रेस

पोखरामा सोमबार भएको कांग्रेसको विरोध सभा । तस्बिरः उमेश पुन/नागरिक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको जनविरोधी कामविरुद्ध सोमबार देशव्यापी विरोध प्रदर्शन गरेको छ । भ्रष्टाचार, कुशासन र अधिनायकवादी शैली अपनाएको भन्दै कांग्रेसले सरकार विरुद्ध सोमबार देशव्यापी  विरोध प्रदर्शन गरेको हो ।  

सरकारका पछिल्लो गतिविधिले जनतामा व्यापक वितृष्णा फैलिएको भन्दै विरोध प्रदर्शन गरेको कांग्रेसले बताएको छ । सरकारप्रति जनताको वितृष्णालाई सम्बोधन गर्न सडकदेखि संसद्सम्म तीव्र दबाब खडा गर्ने कांग्रेसको योजना रहेको छ ।  

कोरोना महामारीमा जनता मर्दै गर्दा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको, हत्याहिंसा र बलात्कारका घटना रोक्न नसकेको आरोप कांग्रेसको छ । यसैक्रममा पोखरामा पनि कांग्रेसले कार्यकर्ताको व्यापक सहभागितामा विरोध प्रदर्शन गरेको छ । कास्की कांग्रेसका प्रवक्ता नविन सिग्देलले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेकोले विरोध प्रदर्शन गरेको बताए । भ्रष्ट्राचार, महिला हिंसा, कोरोना नियन्त्रणमा सरकार असफल भएकोले दवाव दिनका लागि विरोध प्रदर्शन गरेको प्रवक्ता सिग्देलले बताए ।  

पोखरामा भएको विरोध प्रदर्शनमा हजारौं कांग्रेस कार्यकर्ता सहभागि थिए । पोखरा सहित गाउँगाउँबाट पनि पोखराको विरोधसभामा कांग्रेसका कार्यकर्ता सहभागि हुन आएका थिए । पोखराको विपीचोकदेखि सुरु भएको विरोध ¥याली महेन्द्रपुलबाट नयाँबजार हुँदै पृथ्वीचोक झरेर विरोधसभामा परिणत भएको थियो । विरोध सभामा कांग्रेस नेता अर्जुननरसिंह केसीले सम्बोधन गरेका थिए । केसीले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन । 

प्रकाशित: २९ मंसिर २०७७ ०९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App