७ वैशाख २०८१ शुक्रबार
राजनीति

युवालाई डा. भट्टराईको आग्रह : गणतन्त्रको भात पाक्न ढिला भयो भनेर राजतन्त्रको गोबर नखाऊँ

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशका युवा वर्गलाई राजतन्त्रका पक्षमा नलाग्न आग्रह गरेका छन्। 

पूर्वराजा तथा राजावादी सक्रिय हुन थालेको देखेपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईले नेताले गरेका गल्तीको रिसमा गणतन्त्रकै विरोधमा नलाग्न युवालाई सुझाव दिएका हुन्।  

डा. भट्टराईले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘युवासँग आग्रह : गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊँ। अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बाँकी गिलास भरौं, नकि रिसको झोंकमा आधा भरिएको गिलास घोप्ट्याएर पूरै गिलास खाली होस्।’ 

उनले अगाडि लेखेका छन्, ‘अगाडिको स्यालसँग लड्दा पछाडि झ्याङमा लुकेको ब्वाँसो नबिर्सौं। दुवैसँग लडेर अघि जाने साहस गरौं।’

प्रकाशित: १३ मंसिर २०७७ ०५:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App