१५ माघ २०७७ बिहीबार
राजनीति

सञ्चार तथा सूचना प्रविधिमन्त्रीका सञ्चारविज्ञमा मानन्धर

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन्। सरकारका प्रवक्ता गुरुङले सञ्चारविज्ञका रुपमा मन्त्रिपरिषद्ले नियुक्त गरेको पत्र पत्रकार मानन्धरलाई आज प्रदान गरे।  

विसं २०२९ भदौ ६ गते दोलखा जिल्ला, भीमेश्वर नगरपालिका–१ मा जन्मेका मानन्धर यसअघि ‘कान्तिपुर’ दैनिकमा उपसम्पादक थिइ। ‘गोरखापत्र’ र ‘रेडियो नेपाल’ का पनि जिल्ला समाचारदाता भई काम गरेका मानन्धरले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन्।

सामाजिक क्षेत्रमा समेत क्रियाशील मानन्धरले पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर तहमा सेफर्ड कलेज (२०१५)मा सबैभन्दा बढी लब्धाङ्क प्राप्त गरेका थिए। कान्तिपुर पब्लिकेसन्शले उनलाई सन् २०१५ मा उत्कृष्ट कार्यसम्पादन सम्मान प्रदान गरेको थियो। दोलखा मिडिया प्रालिका अध्यक्षसमेत रहेका मानन्धरले अन्तरराष्ट्रिय श्रम सङ्गठन र नेपाल पत्रकार महासङ्घबाट राष्ट्रिय बालश्रम पत्रकारिता सम्मान ९२००६० तथा शिक्षा विभाग र पत्रकार महासङ्घबाट राष्ट्रिय शिक्षा सम्मान(२००७) पनि प्राप्त गरेका छन्। रासस

प्रकाशित: ११ मंसिर २०७७ १८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App