१५ माघ २०७७ बिहीबार
राजनीति

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला काठमाडौं आइपुगे

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने भ्रमणका क्रममा बिहीबार विहान काठमाडौं आइपुगेका छन् ।  

परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा श्रींगला यहाँ आएका हुन्। परराष्ट्र मन्त्रालयले यसलाई दुई छिमेकी मुलुकबीचको उच्चस्तरीय भ्रमणको निरन्तरता रहेको बताएको छ।

नेपाल आएका श्रृंगला विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल आउँदा खुसी लगेको बताएका छन् ।

भारतीय विदेश सचिव श्रींगलाले आज नेपालका समकक्षी पौड्यालसँग दुईपक्षीय बैठक गर्ने छन्। उक्त बैठकमा नेपाल–भारत सहयोगका विविध क्षेत्रेमा छलफल हुने बताइएको छ। श्रींगलाले आजनै नै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।

प्रकाशित: ११ मंसिर २०७७ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App