coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारतीय विदेश सचिव आज आउँदै

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने नेपाल भ्रमण शीलशीलामा बिहीबार नेपाल आउँदै छन्। परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा श्रींगला यहाँ आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयले यसलाई दुई छिमेकी मुलुकबीचको उच्चस्तरीय भ्रमणको निरन्तरता भनेको छ।

भारतीय विदेश सचिव श्रींगलाले बिहीबार नेपालका समकक्षी पौड्यालसँग दुईपक्षीय बैठक गर्ने छन्। उक्त बैठकमा नेपाल–भारत सहयोगका विविध क्षेत्रेमा छलफल हुने बताइएको छ। श्रींगलाले बिहीबार नै अन्य उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। उनले नेपाल सरकारलाई कोभिड–१९ सम्बन्धी सहायता सामग्री पनि हस्तान्तरण गर्ने कार्यक्रम छ। विदेश सचिव श्रींगला शुक्रबार स्वदेश फर्किने छन्।

परराष्ट्र मन्त्रालयले यसलाई दुई छिमेकी मुलुकबीचको उच्चस्तरीय भ्रमणको निरन्तरता भनेको छ।

नेपाल र भारतबीच सीमा विवादका कारण सम्वादहीनताको अवस्था देखिएपछि सम्बन्धमा सुधार ल्याउन केही समययता भारतीय पक्षबाट महŒवपूर्ण भ्रमण भएका छन्। कात्तिक ५ मा भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयल र कात्तिक १९ मा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणे काठमाडौं आएका थिए। यसअघि दुई देशबीचको सीमा विवादबारे छलफलका लागि नेपालले पटकपटक राखेका प्रस्तावलाई भारतले कोरोना महामारी कारण देखाएर टार्दै आएको थियो। पछिल्लो पटक भएका भारतीय अधिकारीहरूको भ्रमण नेपाल–भारत सम्बन्ध सुधारमा फलदायी हुने अपेक्षा गरिएको छ।

प्रकाशित: ११ मंसिर २०७७ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App