८ वैशाख २०८१ शनिबार
राजनीति

लैगिंक समानता नीतिको मस्यौदा पारित हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय लैगिंक समानता नीतिको मस्यौदा मन्त्रिपरिषदबाट पारित हुने क्रममा रहेको जानकारी दिएका छन्। लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानका लागि सन्देश दिँदै उनले लैगिंक समानता नीतिको मस्यौदा पारित हुने जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीले तेजाब आक्रमणबाट पीडितलाई उपचार, क्षतिपूर्ति र जीविकोपार्जन तथा पीडकलाई थप सजायको व्यवस्थासहितको अध्यादेश पनि जारी गरिएको बताए।  

उनले कोभिड–१९ को महामारीको प्रभावले थप लैगिंक हिंसाका घटना हुन सक्ने सम्भावनातर्फ सजग हुँदै लैगिंक हिंसा अन्त्य गर्ने सरकारको अभियानमा राष्ट्रिय र अन्तरराष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, राजनीतिककर्मी, अभियानकर्मी, सञ्चारकर्मी, व्यक्ति, परिवार र समाज सबैको ऐक्यबद्धताको लागि आग्रह गरेका छन्।  

आजदेखि नोभेम्बर २५९मङ्सिर१०० देखि डिसेम्बर १० (मङ्सिर २५) तारिखसम्म लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान विश्वभरि चलाइएको छ। नेपालमा ‘लैगिंक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ सो अभियान आजदेखि सुरु भएको छ।

प्रकाशित: १० मंसिर २०७७ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App