coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अर्थमन्त्री पौडेललाई बुटवलमा कालो झण्डा

अर्थमन्त्री बिष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ। अर्थमन्त्री पदसँग प्रदेशको स्थायी राजधानी साटेको भन्दै काँग्रेसको भातृ संगठन नेपाल तरुण दल र नेविसंघका युवाहरुले अर्थमन्त्री तथा नेकपा महासचिव पौडेललाई कालोझण्डा देखाएर बिरोध गरेका हुन।

बुटवलको नेपालगञ्ज रोड स्थित तिनाउ पुल नजिकै तरुण दल र नेविसंघका युवाहरुले पौडेल बिरुद्ध कालोझण्डा देखाउदै केहीबेर नाराबाजी गरेका थिए। अर्थमन्त्री पदसँग राजधानी साटेर जनता झुक्काउन पाइदैन,बिष्णु पौडेल मुर्दाबाद, जस्ता नारा युवाहरुले लगाएका थिए।

मंगलबार बुटवल आएका पौडेल आफनो निर्वाचन क्षेत्रमा पर्ने सैनामैना माबि रानीबगीया  र पर्रोहा मावि मुर्गीयाको भवन उदघाटनकालागि जाँदै थिए। प्रदर्शनमा उत्रेकाहरुलाइ प्रहरीले तत्कालै सडक किनारमै रोक्न सफल भएपछि पौडेल कार्यक्रम स्थल तर्फ लागेको प्रहरीले जनाएको छ। संसदिय निर्वाचनमा बुटवललाइ स्थाइ राजधानी बनाउने मुख्य एजेण्डा लिएर बुटवलबाट जितेका नेता पौडेलले अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप लाग्दै आएको छ। प्रदेश राजधानीकालागि आफनो उम्मेदवारी भएको भन्दै संसदिय चुनावमा भोट मागेर जितेका पौडेलले बुटवलबाट राजधानी दाङ सारीएपछि मौनता साँधेका थिए।

अर्थमन्त्री भएपछि पहिलो पटक बुटवल आएका पौडेलले हिजो पहिलो पटक पत्रकार सम्मेलन गरी  सो आरोपको खण्डन गरे। आफुलाइ प्रधानमन्त्रीले योग्य ठानेर नै अर्थमन्त्री बनाएको भन्दै संवैधानिक ढंगले निर्णय भइसकेको बिषयमा अल्झीनुको कुनै अर्थ नभएको बताए। उनले स्थायी राजधानी दाङलाई स्वीकार गर्दै रुपन्देही कपिलबस्तु, नवलपरासीलाई समेटेर आर्थिक तथा साँस्कृति राजधानी बनाउने प्रदेश सरकारको निर्णयलाई साकार बनाउने बताएका थिए।

प्रकाशित: १० मंसिर २०७७ ०६:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App