८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लव भन्छन् : हामी भूमिगत भएकै छैनौं, खुलामञ्चमा आउन तयार छौं

विप्लव

सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरू भूमिगत नभएको दाबी गरेका छन्।  

सातौं पार्टी पुनर्गठन दिवसका अवसरमा पार्टी निकट सञ्चारमाध्यम ई-रातो खबरसँगको अन्तर्वार्तामा उनले आफूहरू जनताकै माझ रहेको बताएका हुन्।  

‘गृहमन्त्री (रामबहादुर थापा) ले भूमिगत भनेका रहेछन्, जुन कुरा हामीले भनेकै छैन। हामी भूमिगत पार्टी होइन,’ अन्तर्वार्तामा विप्लवले भनेका छन्, ‘हामी जनताबीच छौं, प्रतिस्पर्धामै छौं। खुलामञ्चमै आउन तयार छौं।’

केपी ओली नेतृत्वको सरकारले आफूहरूलाई प्रतिबन्ध लगाएर जनतामाझ पुग्ने अवसर दिएको उनको भनाइ छ।  

‘पार्टीमाथि ओली सरकारले प्रतिबन्ध लगाएको छ, हाम्रा लागि यो अवसर र चुनौती दुवै हो। प्रतिबन्धले हामीलाई जनतामा फर्किएर सेवा गर्ने, काम गर्ने अवसर दिएको छ,’ उनले भनेका छन्, ‘यसका लागि प्रधानमन्त्री केपी ओली र सरकारलाई धन्यवाद दिन्छौं।’

प्रकाशित: ९ मंसिर २०७७ ११:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App