८ वैशाख २०८१ शनिबार
राजनीति

निर्धारित तालिका भन्दा डेढ घण्टा पछि प्रधानमन्त्री ओली घुन्सा पुगे

प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समय भन्दा करिव डेढ घण्टा ढिलो गरी मात्र ताप्लेजुङको दुगर्म गाउँ घुन्सा पुगेका छन्। ओली सवार नेपाली सेनाको हेलिकोप्टर भर्खरै मात्र घुन्सामा अवतरण गरेको घुन्सा पुगेका पत्रकार महासंघ ताप्लेजुङका कार्यवाहक अध्यक्ष चन्द्र पन्दाकले जानकारी दिए। 

प्रधानमन्त्री ओली बिहान १० बजे घुन्सा आइपुग्ने कार्यतालिका रहेपनि उनी साढे ११ बजेपछि मात्र घुन्सामा अवतरण गरेका थिए। प्रधानमन्त्री ओली केहिबेरमै घुन्सामा आयोजित औपचारिक कार्यक्रममा सहभागी हुनेछन्। उनी घुन्सा फउण्डेसनद्धारा स्थापित सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्। 

यो कार्यक्रम लगत्तै घुन्सा फउण्डेसनको आधिकारिक वेभसाइट शुभारम्भ गर्ने कार्यक्रम समेत रहेको छ। यसको व्यवस्थापनका लागि प्रधानमन्त्री ओलीले आफ्ना सूचना प्रविधि बिज्ञ अस्कर अलिलाइ समेत घुन्सा लगेका छन्। प्रधानमन्त्री ओलीले घुन्सालीलाइ सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ। घुन्साको कार्यक्रममा प्रधानमन्त्री ओली,पर्यटनमन्त्री योगेशकुमार भट्टराइ र १ नं प्रदेश प्रमुख शेरधन राइले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

ओलीसंगै संबिधानसभाका सभाध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ पनि आएका छन्। कार्यक्रममा ओलीलाइ फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङको नेतृत्वमा रहेको स्थानीय टोलीले स्वातग गरेका छन्। 

घुन्साको कार्यक्रम सकेर दिवा खाना पश्चात प्रधानमन्त्री ओली सहितको टोली ओलाङ्चुङगोला रहेको सशस्त्र प्रहरीको बिओपी केन्द्र,सीमावर्ती क्षेत्र टिपतालापास लगायतको हवाइ निरीक्षणमा सहभागी हुने कार्यक्रम रहेको छ।

हिउँको समस्या कारण प्रधानमन्त्री ओलीले सीमाक्षेत्र र बिओपी केन्द्रको हवाइ निरीक्षण गर्ने सम्भावना रहेको थेबेले जानकारी दिए। ताप्लेजुङको कार्यक्रम सकेपछि प्रधानमन्त्री ओली सहितको टोली इलामको भ्रमणमा जाने कार्यक्रम रहेको छ।

प्रकाशित: ८ मंसिर २०७७ ०६:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App