८ वैशाख २०८१ शनिबार
राजनीति

नेता सुरेन्द्र पाण्डेलाई दुर्व्यवहार भएको घटनाबारे बोले गोकुल बास्कोटा

 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई शनिबार चितवनमा आफ्नै पार्टीका कार्यकर्ताबाट भएको दुर्व्यवहार घटनालाई लक्ष्य गर्दै केन्द्रीय सदस्य गोकुल बास्कोटाले हाेहल्ला गर्नु उचित नभएकाे बताएका छन्।

पूर्व सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले सामाजिक सञ्जालमार्फत गलत विचारविरुद्ध बलले होइन, सही विचारले नै जित्नुपर्नेमा जोड दिएका हुन्।  

हातहरूको सशस्त्रीकरणभन्दा पहिला विवेक र विश्लेषणपूर्ण चेतनाको विकास नै मानवीय सशस्त्रीकरणको वास्तविक पहिचान हुन्छ,’ बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘गलत विचारविरुद्ध लड्न सही विचार नै पर्याप्त हुन्छ, होहल्लाको अर्थ छैन।’

यो पनि पढ्नुहोस्

नेता सुरेन्द्र पाण्डेलाई दुर्व्यवहार गर्ने ‘अराजक’लाई कारबाही गर्छौं : नेकपा चितवन

प्रकाशित: ७ मंसिर २०७७ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App