८ वैशाख २०८१ शनिबार
राजनीति

नेता सुरेन्द्र पाण्डेलाई दुर्व्यवहार गर्ने ‘अराजक’लाई कारबाही गर्छौं : नेकपा चितवन

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवन जिल्ला कमिटीले शनिबार नेता सुरेन्द्र पाण्डेलाई दुव्र्यवहार गर्नेहरूलाई कारबाही गर्ने बताएको छ।  

घटनाको भोलिपल्ट आइतबार नेकपाका चितवन जिल्ला अध्यक्ष  यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले संयुक्त रूपमा विज्ञप्ति जारी गरी ‘अराजक’ घटनाको छानबिन गरी दोषीलाई पार्टीको विधानबमोजिम कारबाही गर्ने बताएका हुन्।  

विज्ञप्तिमा भनिएको छ- ‘पार्टी नगर (राप्ती) कमिटीको औपचारिक बैठक बसिरहेको अवस्थामा र राप्ती नगरभित्रको विकास निर्माणसम्बन्धी छलफलमा गरिएको अभद्र व्यवहारप्रति जिल्ला कमिटी खेद व्यक्त गर्दछ।’  

विज्ञप्तिमा अगाडि लेखिएकाे छ- ‘यस्ता अराजक गतिविधिबाट पार्टीका कुनै पनि कमिटी तथा कार्यकर्ताहरू प्रभावित नहुन र पार्टीको विधि, विचार र सिद्धान्तबमोजिम सांगठनिक कार्यमा लाग्न जिल्ला कमिटी चितवन आह्वान गर्दछ। साथै घटनामा संलग्न त्यस्ता अराजक व्यक्तिहरूलाई छानबिन गरी पार्टी विधानबमोजिम कारबाही गरिने व्यहोरासमेत जानकारी गराउँदछौँ।’  

प्रकाशित: ७ मंसिर २०७७ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App