६ वैशाख २०८१ बिहीबार
राजनीति

चितवन घटनामा नेकपा प्रवक्ता श्रेष्ठलाई सूर्य थापाको जवाफ : गज्जब छ, गुटगत वक्तव्यबाजी !

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुरेन्द्र पाण्डेलाई चितवनमा आफ्नै पार्टीका कार्यकर्ताबाट भएको दुव्र्यवहारको विरोध गर्दा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘गुटगत वक्तव्यबाजी’ गरेको आरोप लगाएका छन्।  

पूवअर्थमन्त्रीसमेत रहेका नेकपा स्थायी समिति सदस्य पाण्डेलाई शनिबार चितवनमा आयोजित कार्यक्रममा आफ्नै पार्टीका केही कार्यकर्ताले हुलहुज्जत गरेका थिए। त्यसको भत्र्सना गर्दै नेकपाका प्रवक्ता श्रेष्ठले त्यही दिन सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।  

यो पनि पढ्नुहोस्

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको कार्यक्रममा नाराबाजी

त्यसैको प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारसमेत रहेका नेकपाका केन्द्रीय सदस्य थापाले आइतबार सामाजिक सञ्जालबाटै श्रेष्ठकाे आलाेचना गरेका हुन्।  

‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेलले चढ्नुभएको गाडीमाथि ढुंगा प्रहार गरिँदा निदाउनुभएको थियो क्यारे! चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नुभएछ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘गज्जब छ गुटगत अन्तर्दृष्टि र छनोटपूर्ण वक्तव्यबाजी! दुवै स्थायी कमिटी सदस्य- तब न नारायणकाजी!’ 

प्रकाशित: ७ मंसिर २०७७ ०६:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App