coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको स्वागतका लागि फुङ्लिङबाट नेता कार्यकर्ताको टोली घुन्सा पुग्यो

घुन्सा पुग्ने नजिक फलेमा सदरमुकाम फुङलिङबाट गएको टोली । तस्बिर : तिलकुमार मेन्याङ्वोको फेसबुकपेजबाट ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर ८ गते हुने घुन्सा भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको स्वागतका लागि ताप्लेजुङ सदरमुकामसहित सीमा क्षेत्रबाट धमाधम नेता तथा कार्यकर्ताहरु घुन्सा पुग्न थालेका छन्। घुन्सा सदरमुकाम फुङ्लिङबाट करिव ३ दिनको पैदल यात्रा गर्दा पुग्न सकिन्छ।  

प्रधानमन्त्री ओलीको स्वागतका लागि पूर्व सांसद तथा नेकपाका केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वो, प्रदेशसभाका सांसद तथा जिल्ला पार्टी सचिव बलबहादुर साम्सोहाङ, नेकपाका प्रदेश कमिटी सदस्यद्धय खेलप्रसाद बुढाक्षेत्री र मिङ्माडण्डु शेर्पा, जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला सचिवालय सदस्य घनेन्द्र मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्वो लगायतको टोली घुन्सा पुगिसकेको छ। पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद टंक आङ्बुहाङ लगायतको टोली घुन्सा जाँदै गरेको छ। फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल र फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ लगायतको टोली घुन्सा पुगिसकेको नगरप्रमुख प्याकुरेलले जानकारी दिए।  

प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइको नेतृत्वमा जिल्लाका सुरक्षा प्रमुखको टोली र पत्रकार महासंघ ताप्लेजुङका कार्यबाहक अध्यक्ष चन्द्र पन्दाकको नेतृत्वमा सञ्चारकर्मीको टोली समेत घुन्सातर्फ प्रस्थान गरिसकेको छ। टोली आइतवार साँझसम्ममा घुन्सा पुग्ने तय भएको पत्रकार महासंघका कार्यवाहक जिल्ला अध्यक्ष पन्दाकले जानकारी दिए। कार्यतालिका अनुसार प्रधानमन्त्री ओली बिहान ७ बजे काठमाडौबाट हेलिकोप्टरमार्फत घुन्सातर्फ आउने छन्।  

सुकेटार विमानस्थलमा समेत ओली सवार जहाज अवतरण गर्ने भनिएपनि त्यसको भने निक्र्यौल छैन। घुन्सा फाउण्डेसनद्धारा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन, घुुन्सालीहरुसंगको संक्षिप्त साक्षात्कार र पार्टीका कार्यकर्ताहरुसंग भेटघाट सकेपछि प्रधानमन्त्री ओली इलामको सन्दकपुरतर्फ लाग्ने कार्यसूची रहेको घुन्सा फाउण्डेसनका अध्यक्ष याङ्जोम शेर्पाले जानकारी दिइन्।

प्रकाशित: ६ मंसिर २०७७ १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App