८ वैशाख २०८१ शनिबार
राजनीति

सात नेताको नामै किटेर गोकुल बास्कोटाले भने: टुकुडी कमान्डर बन्ने कि विशाल पार्टीको नेतृत्व गर्ने?

गोकुल बास्कोटा

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेका बेला प्रधानमन्त्रीसमेत रहेका यसका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिने नेता गोकुल बास्कोटाले सात नेताको नामै किटेर चेतावनी दिएका छन्।  

पूर्व सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले शुक्रबार सामाजिक सञ्जालमार्फत ‘नेकपाको दोस्रो पुस्ता’लाई फुटेको सानो पार्टीको नेतृत्वमा रमाउने कि एकीकृत ठूलो पार्टीको नेता बन्ने भनेर प्रश्न गरेका हुन्।  

‘नेकपाको दोस्रो पुस्ता (शंकर, जनार्दन, प्रदीप, टोपबहादुर, योगेश, सुरेन्द्र, विष्णुहरूले) निकटताको पहिचान बोकेर विभाजित टुकुडीको कम्पनी कमान्डरमा चित्त बुझाउने कि विशाल पार्टीमा सार्थक सैद्धान्तिक, वैचारिक, सांगठनिक हस्तक्षेपद्वारा एकीकृत पार्टीको नेतृत्व गर्ने? अब समयले परीक्षण माग्यो,’ बास्काेटाले ट्विटरमा लेखेका छन्।

प्रकाशित: ५ मंसिर २०७७ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App