coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली घुन्सा आउने मिति फेरि सारियो, अब ८ गते

प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङको घुन्सामा आउने कार्यक्रम मंसिर ८ गतेका लागि तय भएको छ। मंसिर ८ गते सोमबार घुन्सा आउने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयमै रहेकी घुन्सा फाउण्डेसनकी अध्यक्ष तथा नेपाल ट्रष्टका सदस्य याङ्जोम शेर्पाले जानकारी दिइन्। यसअघि मंसिर ५ र ७ गतेका लागि तय भएको कार्यक्रम अन्तिम समयमा स्थगित भएको थियो।  

घुन्सा फाउण्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन, हिमाली क्षेत्रका बासिन्दाको जनजीवन बुझ्न र सीमावर्ती क्षेत्रको निरीक्षणका लागि प्रधानमन्त्री ओली घुन्सा आउने कार्यक्रम तय भएको हो। घुन्साको कार्यक्रम पछि प्रधानमन्त्री ओली इलामको सन्दकपुरमा स्थापित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट(बिओपी)को निरीक्षण गर्न जाने कार्यक्रम तय भएको बुझिएको छ। ८ गते कार्यक्रम हुने भएपछि ७ गतेकै कार्यक्रमका लागि घुन्सातर्फ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाइँसहितको टोली फक्तालुङ गाउँपालिकाको तापोथोबाट उकालो लाग्ने भएको छ।  

पूर्व सांसद, प्रदेश सांसद, जिल्ला समन्वय प्रमुख र फुङ्लिङ नगरपालिकाका प्रमुखसहितको टोली भने यसअघि नै घुन्सातर्फ प्रस्थान गरिसकेको छ। ‘अब स्थगित हुँदैन, सबै तयारी गर्नु भनेर प्रधानमन्त्री ज्यूले आफैं भन्नु भएको छ’ घुन्सा फाउण्डेसनकी अध्यक्ष शेर्पाले भनिन्।

प्रकाशित: ५ मंसिर २०७७ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App