५ वैशाख २०८१ बुधबार
राजनीति

पर्यटनमन्त्री भट्टराई गृह जिल्लाका दुई कार्यक्रममा सहभागी

गृह जिल्लाका पालिका स्तरीय कार्यक्रममा सहभागी हुन ताप्लेजुङ आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले शनिबार बिहानै २ वटा कार्यक्रम सम्पन्न गरेका छन्। उनले केहिबेर अघि मात्र फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ३ लिङ्खिमस्थित सिँवा माध्यमिक विद्यालयमा स्थापित आइसीटी केन्द्रको उद्घाटन गरेका हुन्। विद्यालयलाई प्रविधिमैत्री बनाउन सिँवा माविले सूचना प्रविधि कक्षको स्थापना गरेको छ।  

मन्त्री भट्टराईकै सहयोग र पहलबाट सो माविमा सूचना प्रविधि कक्ष स्थापना भएको हो। सो माविका प्रधानाध्यापक ओमनाथ गौतमका अनुसार विद्यालयमा २४ वटा कम्युटर, प्रिन्टर, त्यसलाई सञ्चालन गर्ने नविकरणीय उर्जा, इन्टरनेटसहित करिव १ करोड रुपैयाँको लागतमा विद्यालयमा सूचना प्रविधि कक्ष स्थापना भएको छ। अब त्यहाँका विद्यार्थीलाई अतिरिक्त कक्षा अन्तर्गत कम्युटर कक्षा लिन पाउने छन् भने सूचना प्रविधि कक्षमार्फत पाठ्यक्रममा भन्दा बाहिरकमा नयाँ ज्ञान र जानकारी समेत त्यहिँ कक्षमार्फत प्राप्त हुने छ।  

विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीप्रसाद अन्छङ्वोका अनुसार प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङबाट पनि विद्यालयलाई सूचना प्रविधि कक्ष सञ्चालनमा सहयोग गरेको छ। प्रदेशसभाका सांसद टंक आङ्बुहाङ र गाउँपालिका अध्यक्ष सरोज एभेङ लिम्बूले समेत विद्यालयको भौतिक पूर्वाधार, सूचना प्रविधि कक्ष व्यवस्थापनसहितका कार्यहरुमा उल्लेखनीय सहयोग गरेको भन्दै विद्यालयले आभार प्रकट गरेको छ। यसअघि पर्यटनमन्त्री भट्टराईले यहाँ निर्माणाधीन ७३ मेघावाट क्षमताको मध्य तमोर जलविद्युत आयोजनाको मित्लुङ क्षेत्रमा निर्माण भइरहेको कामको निरीक्षण समेत गरेका थिए।  

मन्त्री भट्टराईले शनिबार दिउँसो फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र तापोथोक पुगेर जनप्रतिनिधि तथा स्थानीय नागरिकसंग सम्बाद गर्ने कार्यक्रम रहेको मन्त्री भट्टराईका प्रेस संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २२ कार्तिक २०७७ ०७:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App