coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली–दाहालबीच संवाद खुल्यो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्वन्द बढ्दै गएपछि शीर्ष नेताहरुबीच भेटघाट तीव्र रुपले बढ्न थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दुई पटक एक्ला एक्लै भेटघाट भएपछि आज (शनिबार) नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओली र नेपालसँग कुराकानी गरेका छन्। नेपालसँग खुमलटारमा एकल भेटघाट भएपछि दाहाल ओलीलाई भेट्न बालुवाटार गएको हुन्।  

नेपालसँग भेटघाट गरेपछि दाहाल आज दिउँसो ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्। कार्यकारी अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार साढे १ बजे दाहाल बालुवाटार पुगेका थिए। तर विहान माधव नेपालसँग भेटघाट भएको बारे भने सापकोटाले आफूलाई थाह नभएको बताए।  

कात्तिक ३ गतेपछि ओली दाहालबीच आज संवाद सुरु भएको हो। बुधबारदेखि महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता, सुवास नेम्वाङ, लुम्बिनी प्रदेशका मूख्यमन्त्री शंकर पोखरेल तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली खुमलटार पुगेर संवाद सुरु गर्न आग्रह गरेका थिए। उनीहरुले भदौ २६ गते स्थायी कमिटीले दिएको म्याण्डेट अनुसार पार्टी र सरकार सञ्चालन गर्न दुवै अध्यक्षलाई आग्रह गरिरहेका थिए।  

कर्णाली प्रदेशको विवाद मिलाउने क्रममा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष दाहालबीच विवाद उत्पन्न भएको थियो। कात्तिक ३ पछि ओली र दाहालबीच संवाद सुरु नभएकाले पार्टीको काममा समेत अन्यौलता उत्पन्न भएको थियो।

प्रकाशित: १५ कार्तिक २०७७ ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App