coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली-प्रचण्ड विवाद एकले अर्कालाई दलबाटै लखेटेपछि मात्रै अन्त्य हुन्छ : संग्रौला

फाइल तस्बिर

लेखक खगेन्द्र संग्रौलाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीबीचको एकताको आधार सिद्धान्तको नभएर स्वार्थको भएकाले एक दिन यो फेरि विभाजन हुने दाबी गरेका छन्।  

लेखक संग्रौलाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नेकपाभित्र जारी विवादको अन्त्य एकले अर्कालाई लखेटेपछि मात्रै हुने टिप्पणी गरेका हुन्।

‘नेकपा डबलका केपी र पिकेको ‘एकता’को आधार सिद्धान्त, आदर्श र मूल्य होइन। यो केवल अख्तियार र द्रव्ययुक्त पदहरूको लुछाचुँडीको ‘एकता’ हो,’ लेखक संग्रौलाले फेसबुकमा लेखेका छन्, ‘यो अन्तहीन द्वेषपूर्ण लुछाचुँडीको अन्त्य तब हुन्छ जब कुनै एकले अर्कालाई दलबाटै लखेट्छ। अलि दिन बँच्नु मात्र पर्छ, यो ‘एकता’को समापन देखिन्छ।’

प्रकाशित: १५ कार्तिक २०७७ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App