coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको उद्दार गर्न कांग्रेसको माग

देहरादुनमा नेपाली विद्यार्थी कुटिएको घटनालाई गम्भीरतापूर्वक लिन नेपाली कांग्रेसले आग्रह गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै पीडित विद्यार्थीको अविलम्ब उद्दार गर्न सरकार समक्ष आग्रह गरेका छन्।  

भारतको देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरु निर्घात रुपले कुटिएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको उनले जनाएका छन्।  

'आजको विश्वमा एक देशका विद्यार्थी अर्को देशमा पढ्न जाने बिषय सामान्य कुरा बनिसकेको छ। नेपाल र भारत दुबै देशका विद्यार्थी एकापसको देशका विभिन्न शहरमा अध्यनरत छन्। जो जहाँ पढिरहेका छन् सुरक्षीत र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै होइन त्यसको सुनिश्चितता गर्ने अभिभारा दुबै देशका सरकारहरुको हो', विज्ञप्तिमा भनिएको छ।

कुनै पनि बहानामा संसारमा कहिँ पनि कोहि एकमात्र पनि नेपाली विद्यार्थी या अन्य कोहि पनि नेपाली नागरिक दुर्व्यवहार र आक्रमणमा पर्छन् भने त्यसलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्ने कांग्रेसको भनाई छ।  

देहरादुनमा विजया दशमीकै दिन दर्जनौँ नेपाली विद्यार्थीहरु माथि भएको कुटपिटको घटनालाई गम्भीरतापूर्वक लिन, विरोध प्रकट गर्दै भारत सरकारको ध्यानाकर्षण गराउन र ती विद्यार्थीहरुको अविलम्ब उद्दार गर्न नेपाली कांग्रेसले  नेपाल सरकारसँग माग गरेको छ।

नेपाली विद्यार्थीहरुको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहिँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि सरकार समक्ष कांग्रेले माग गरेको छ।  

देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत ५१ जना विद्यार्थी दसैंको दिन कुटिएका थिए।  

 

 

प्रकाशित: १३ कार्तिक २०७७ ०९:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App