७ वैशाख २०८१ शुक्रबार
राजनीति

डा. भट्टराईले ‘रअ’ प्रमुखसँग नभेटेको बताउँदै यस्तो दिए जवाफ

भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग आफ्नो पनि ‘सुटुक्क भेट भएको’ भनी हल्ला भएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जवाफ दिएका छन्।

बुधबार बिहान साहित्यकार खगेन्द्र संग्रौलाले सोही विषयमा गरेको ट्विटसमेत संलग्न गरी जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. भट्टराईले ‘कान नछामी, कागको पछि कुदेको’ टिप्पणी गरेका हुन्।  

‘खगेन्द्र संग्रौलाजस्ता बौद्धिक व्यक्तिसमेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य/न्याय, बुद्धि/विवेकको के अपेक्षा गर्नु,’ डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मार्ने मेरो देश! बिपी र पिएललाई बाँचुन्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश! अनि हामी पछि नपरे को त?’ 

प्रकाशित: १२ कार्तिक २०७७ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App