coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चिनियाँ राजदूतले यसरी गाएकी रहिछन् ‘रेशम फिरिरी’ (भिडियो)

चिनियाँ राजदूत होउ यान्छी

नेपाली हिन्दूको महान् चाड बडादसैंको मुख्य दिन अर्थात् विजया दशमीका दिन साेमबार चिनियाँ राजदूत होउ यान्छीले नेपाली चर्चित गीत ‘रेशम फिरिरी’ गाएको भिडियो सामाजिक सञ्जालमा राखेपछि त्यो प्रसंग नेपाली सञ्चारमाध्यममा निकै चर्चित बनेको छ।  

खासमा उनले त्यो १ मिनेट २९ सेकेन्डको गीतको क्लिप नेपालीलाई शुभकामना स्वरूप प्रस्तुत गरेकी हुन्।  

आफूले गाएको गीत सामाजिक सञ्जालमा सेयर गर्दै उनले लेखेकी छन्, ‘यसले सबैलाई शौभाग्य र खुसी ल्याओस्!’

वास्तवनमा नेपालका लागि चिनियाँ राजदूत होउ नेपालीको मन जित्न यस्ता अनेक गतिविधि गर्छिन्। कहिले नेपालका ऐतिहासिक पुरातात्विक क्षेत्रमा गएर तस्बिर खिच्छिन् त कहिले नेपाली गीतमा नेपाली पहिरन लगाएर नाच्छिन्।

यसपालि दसैंको टीकाका दिन ‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरी अभ्यास गर्‍याैँ  र अन्तमा हामी गाउन सफल भएका छौं’ भनेर सामाजिक सञ्जालमा सेयर गरेको गीत कस्तो छ त? 

यहाँ सुनौः

प्रकाशित: ११ कार्तिक २०७७ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App