१३ मंसिर २०७७ शनिबार
राजनीति

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा भट्टराईको स्वास्थ्यलाभको कामना

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्यलाभको कामना गरेको छ। भट्टराई र पूर्वमन्त्री समेत रहेकी भट्टराई पत्नी हिसिला यमीलाई कोभिड-१९ को संक्रमण भएपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शीघ्र स्वास्थ्यलाभको कामना गरेको हो।

साथै पत्रमा भट्टराईले केही अघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गरेको सम्बोधनको प्रसंशा पनि गरिएको छ। भट्टराईले उक्त सम्बोधनमा वान बेल्ट, वान रोडको सहयोगलाई अघि बढाउन समर्थन गरेको पत्रमा उल्लेख गरिएको छ।

प्रकाशित: ११ कार्तिक २०७७ १४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App