८ वैशाख २०८१ शनिबार
राजनीति

भारतले तोक्यो आफ्ना सेना प्रमुख नरावणे नेपाल आउने मिति

जनरल मनोज मुकुन्द नरावणे

भारतले आफ्ना सेना प्रमुख जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने मिति तोकेको छ।  

भारतको सरकारी समाचार संस्था पिटिआईलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले नरावणे यही कात्तिक १९ देखि २१ गतेसम्म तीन दिने भ्रमणका लागि नेपाल आउने जनाएको हो।  

यसअघि नेपाल सरकारले उनको भ्रमण मिति २०७६ माघ २० गतेका लागि तय गरेको थियो। तर लकडाउनका कारण स्थगित भएको थियो। 

त्यसकारण भारत सरकारले उनी नेपाल आउने अर्काे मिति तोकेको हो। तर नेपाल सरकारका तर्फबाट मिति सार्वजनिक गर्न बाँकी छ।  

भ्रमणका क्रममा जनरल नरावणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्ने कार्यक्रम छ।  

सन् १९५० देखि दुई देशका सेना प्रमुखले जिम्मेवारी सम्हालेपछि एक अर्काको देशमा गई मानार्थ महारथीको उपाधि लिने परम्परा चलेको हो।

यो पनि पढ्नुहोस्

नयाँ नक्सा निकाल्दा विरोध गर्ने भारतीय सेना प्रमुख नरावणे आउँदैछन् नेपाल

प्रकाशित: ११ कार्तिक २०७७ ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App