coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओली दम्पतीले राष्ट्रपतिबाट लगाए बडादसैंको टीका

सोमबार टीका र जमरा लगाइसकेपछि राष्ट्रपतिलाई बीचमा राखेर तस्बिर खिचाउँदै प्रथम महिला शाक्य र प्रधानमन्त्री ओली। तस्बिर : प्रेस सल्लाहकार सूर्य थापाकाे फेसबुकबाट

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडादसैंको टीका लगाएका छन्।  

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई टीका र जमराको माला लगाइदिएकी हुन्। 

साथै त्यस क्रममा प्रधानमन्त्री पत्नी एवं प्रथम महिला राधिका शाक्यले पनि सँगै राष्ट्रपतिको हातबाट टीका र जमराको माला ग्रहण गरेको प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन्।  

यसअघि प्रधानमन्त्री ओलीले भक्तपुरस्थित आफ्नाे निवासमा पत्नी शाक्यलाई दसैंको टीका लगाइदिएका थिए।  

बुबा माेहनप्रसाद ओली झापाकै घरमा रहेकाले प्रधानमन्त्री ओलीले भने यसपालि बुबाकाे हातबाट टीका लगाउन पाएनन्। 

प्रकाशित: १० कार्तिक २०७७ १२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App