१५ चैत्र २०८० बिहीबार
राजनीति

डा. भट्टराई भन्छन्: हिजोका माओवादी कणहरू ओलीका चरणमा लम्पसार!

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तत्कालीन माओवादी नेताहरू नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ‘चरणमा लम्पसार’ भएको टिप्पणी गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फ डा. भट्टराईले बालुवाटार दरबारको आदेशमा वागमती, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेश बनिरहेको उल्लेख गर्दै हिजोका हाम्रा माओवादी ‘झर्ला र खाउँला भन्दै ओलीका चरणमा लम्पसार’ परेको कटाक्ष गरेका हुन्।  

‘ओली उवाच- ‘प्रदेश सरकार भनेको संघको प्रशासनिक युनिट हो!’ अर्थात् अहिलेको प्रदेश पञ्चायतकालको अञ्चलजस्तो मात्रै हो,’ डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘त्यसैले त बालुवाटार दरबारको आदेशमा वागमती/गण्डकी/कर्णाली/लुम्बिनी प्रदेश बनिरहेछन्! तैपनि हिजोका हाम्रा माओवादी कणहरू झर्ला र खाउॅला भन्दै ओलीका चरणमा लम्पसार!’

प्रकाशित: २ कार्तिक २०७७ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App