coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हामीले बनाएका भवन हुम्लाभन्दा एक किलोमिटर टाढा हाम्रै क्षेत्रमा पर्छ : चीन

चीनले भवन बनाएकाे क्षेत्र

हुम्लाको सीमा क्षेत्रमा बनाइएका भवन नेपाल–चीन सीमाभन्दा एक किलोमिटर टाढा चीनकै भूमितर्फ पर्ने त्यहाँका अधिकारीले दाबी गरेका छन्।  

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार शुक्रबार भएको एक विशेष साक्षात्कारमा चीन सरकारका एक अधिकारीले भवन चीनको अलीअन्तर्गत बुरङ काउन्टीमा हालसालै निर्मित नयाँ गाउँमा पर्ने बताएका हुन्।

पत्रिकाका अनुसार भवन निर्माण थाल्नुअघि नै गत मे महिनामा सर्वेक्षण गरी चीनको भूभाग भएको निश्चित गरिएको बुराङ काउन्टीका विदेश सम्बन्ध कार्यालयका निर्देशक बाकीले भनेका छन्।  

तर पनि स्थानीय नेपालीले प्रश्न उठाएपछि पुनः सर्वेक्षण गरी निर्मित भवन चीनकै भूभागमा पर्ने पुष्टि गरिएको उनको दाबी छ।  

‘गाउँ पूर्ण रूपमा चिनियाँ क्षेत्रभित्र पर्छ, र नजिकका भवन चीन-नेपाल सीमादेखि एक किलोमिटर टाढामा छन्,’ बाकीले भने, ‘नयाँ गाउँको निर्माण लगभग सकिसकेको छ।’

बनेका भवन नेपाल–चीन सीमाभन्दा एक किलोमिटर टाढा चीनतर्फ पर्ने उनको दाबी छ।  

नेपाल सरकारले पनि यसअघि नै ती भवन चीन क्षेत्रमै पर्ने भनिसकेको छ।  

तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस विषयमा थप अध्ययन गर्न सरकारसँग माग गरिरहेको छ। कांग्रेसका स्थानीय जनप्रतिनिधिको टोलीले स्थलगत अध्ययन गरी चीनले बनाएका भवन नेपालतर्फ नै रहेको दाबी गरेको छ।  

यो पनि पढ्नुहोस्

‘भूमि अतिक्रमण हुँदा पनि सरकारी मौनता लज्जास्पद’

तर ग्लोबल टाइम्समा प्रकाशित समाचारअनुसार चीन सरकारले नयाँ गाउँमा बनाइएका ती भवन नेपाल–चीन सीमास्थित ११ र १२ नम्बर पिलरबीचको क्षेत्रमा पर्ने दाबी गरेको छ। ती पिलर उच्च स्थानमा रहेकाले प्राविधिक ज्ञान नभएका मानिसले अध्ययन गर्दा गलत देखिने चीनका अधिकारीको दाबी छ।  

भारतीय सञ्चारमाध्यमले चीन र नेपालबीच सीमा विवाद चर्काउन खोजेको आरोप पनि चीनले लगाएको छ।  

नेपाल र चीनबीच सन् १९६१ अक्टोबरमा सीमा सम्झौता भएको थियो।  

प्रकाशित: १ कार्तिक २०७७ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App