नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले शुक्रबार मनाएको छ।
प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुुलुुकको बदलिँदो परिस्थितिअनुुसार नेपाल प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउनु पर्ने बताए। ‘संघीयताको मर्म अनुुसार प्रहरी संगठनले जनताको मन जित्ने गरी काम गर्नुपर्छ,’ मुख्यमन्त्री राईले भने, ‘अपराध नियन्त्रण तथा शान्ति सुुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका प्रहरीको रहँदै आएको र अबको यात्रा सुुशासन, विकासको बाटोमा मुुलुुकलाई अघि बढाउँदै जनतामा समृद्धि कायम गर्नुु रहेको छ।’
‘देशमा सबै प्रकारको राजनैतिक द्वन्द्व अन्त्य भइसकेकाले समृद्धि कायम गरेर जनताको अनुुहारमा खुसी ल्याउनु हो,’ मुख्यमन्त्री राईले भने, ‘कोभिड १९ सँगको लडाइँमा प्रहरीले अग्रपंक्तिमा रहेर काम गरेकाले कतिपय प्रहरी संक्रमित भए पनि आफ्नो दायित्वबाट पछाडी हटेनन्।’
सो अवसरमा बोल्दै आन्तरिक मामिला तथा कानुुनमन्त्री हिक्मत कार्कीले प्रदेश प्रहरी ऐन चाँडै आउने बताउँदै शान्ति सुुरक्षा सुदृढ बनाउन १४ वटा बोडर आउट पोष्ट थपे बताए। ‘कतिपय अमर प्रहरीका छोराछोरीले आर्थिक अभावमा पढ्न र रोजगार नपाएको गुुनासो आइरहेको छ,’ मन्त्री कार्कीले भने, ‘उनीहरूको पठनपाठन तथा पालनपोषणमा सहयोग पुुर्याउन प्रहरी कल्याण कोषमार्फत काम गर्न आग्रह गर्नुपर्छ।’ धरानमा रहेको फरेन्सिक ल्याबको स्तरन्नोति गर्दै दुई वर्षभित्र नमुना ल्याब बन्ने छ। ‘अहिले कुनै समस्या भए काठमाडाै वा विदेशका ल्याबमा पठाउनु पर्ने बाध्यतालाई अन्त्य गर्दै आधुनिक ल्याब बनाउन सरकार तयार रहेको छ,’ मन्त्री कार्कीले भने।
प्रदेशका प्रहरी कार्यालयका प्रमुुख ईश्वरबाबुु कार्कीले शान्ति सुुरक्षा कायमसँगै जनताको हरेक समस्या समाधानमा प्रहरी क्रियाशिल रहेको बताए।
प्रदेशभरिबाट उत्कृष्ट कार्य गरे वापत एक जनालाई प्रदान गरिँदै आएको ‘साधनादेवि श्रेष्ठ पराक्रम’ पुरस्कार इलाका प्रहरी कार्यालय वसन्तपुरमा कार्यरत प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ। उनले एक लाख रुपैयाँ राशिसहित सम्मानपत्र प्राप्त गरिन्।
उत्कृष्ट कार्य गर्ने विभिन्न दर्जाका प्रहरीलाई सम्मान गर्नुका साथै प्रहरी कर्मचारीका छोराछोरीले गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउनेलाई नगद १० हजार रुपैयाँका साथ सम्मान गरिएको थियो। नेपाल प्रहरी श्रीमती संघले अमर प्रहरीका परिवारका सदस्यलाई सम्मान गरेको थियो।
प्रकाशित: ३० आश्विन २०७७ १३:१२ शुक्रबार