coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'विप्लव समूह'प्रति कडा हुने गृहमन्त्रीको संकेत, फिल्ड अपरेसनमा कुनै सम्झौता नगर्न प्रहरीलाई निर्देशन

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्र विक्रम चन्द 'विप्लव'ले नेतृत्व गरेको नेकपा(विप्लव समूह)प्रति कडा रुपमा प्रस्तुत हुने संकेत गरेका छन्। ६५औं प्रहरी दिवसका अवसरका शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले विप्लव समूहप्रति कडा रुपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिए।

सम्बोधनका क्रमममा उनले विप्लव समूहको नामै नलिइ यस्तो निर्देशन दिएका हुन्। ‘अहिले हाम्रो सामु संविधानको उपलब्धीलाई चुनौती दिँदै केही भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक(अधिकार निर्भिकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोसिस गरिरहेका छन्।’ उनले भने, ‘ त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता गर्ने छैनन् भन्ने मेरो विश्वास रहेको छ।’  

गृहमन्त्री थापाले अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रुपमा योजनावद्ध तरिकाले अगाडि बढ्नसमेत प्रहरीलाई निर्देशन दिए ।  नेपालमा राजनीतिक रुपमा विप्लवले नेतृत्व गरेको नेकपा अहिले भूमिगत छ। जसलाइृ सरकारले समेत प्रतिबन्ध लगाएको छ।

प्रकाशित: ३० आश्विन २०७७ ०७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App