७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओलीलाई डा. बाबुराम भट्टराईको प्रतिप्रश्नः छानबिन गर्न कसले रोक्यो?

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुरा होइन काम गरेर देखाउन चुनौती दिएका छन्। बूढीगण्डकी आयोजनामा अर्बो अनियमितता भएको आफ्नो भनाइको प्रधानमन्त्री ओलीले खण्डन गरेपछि डा. भट्टराईले यस्तो चुनौती दिएका हुन्।

सामाजिक सञ्जाल ट्वीटरमा जवाफ फर्काउँदै भट्टराईले भनेका छन्, ‘भ्रष्टाचारप्रति सॉच्चै शुन्यसहनशीलता हो भने बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षाप्रेस, यति, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीयरनिष्पक्ष छानवीन गर्न कसले रोकेको हो त?’ उनले अगाडि भनेका छन्, ‘ कुराले हैन काम गरेर देखाउनोस्! नत्र ढॉटको कुरा खाई पत्याउनु!

प्रधानमन्त्री ओलीले ‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने  अभिब्यक्तिको आजै खण्डन गरेका थिए। ६५औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उक्त अभिव्यक्तिको ओलीले खण्डन गरेका हुन्।

 

यो पनि पढ्नुहोस्

अर्बौ बाडेर खाने हर्कत हामी गर्न सक्दैनौं: प्रधानमन्त्री ओली

 

डा. भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र प्रचण्ड सहितका ठूला नेताले बूढीगण्डकी आयोजनाको अर्बौ रकम बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

 

यो पनि पढ्नुहोस्

बूढीगण्डकीमा नौ अर्ब कमिसन प्रकरण, चार सरकारका चार निर्णय

 

प्रकाशित: ३० आश्विन २०७७ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App