८ वैशाख २०८१ शनिबार
राजनीति

‘भूमि अतिक्रमण हुँदा पनि सरकारी मौनता लज्जास्पद’

 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा छिमेकी देश चीनले नेपाली भूमि अतिक्रमण गर्दा पनि सरकारी मौनता राष्ट्रघात भएको जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको मौनता दुःखद, लज्जास्पद र आपत्तिजनक भएको जनाएका हुन्। ‘झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता राष्ट्रघात छ,’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हुम्लाको सीमामा चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय हो।’

सीमा अतिक्रमण उत्तरी मित्रराष्ट्रबाट होस् या दक्षिणबाट, दुवै स्वीकार्य नहुने जनाउँदै कांग्रेसले सीमा अतिक्रमणको विषयमा तत्काल धारणा सार्वजनिक गर्न, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकारसमक्ष प्रोटेस्ट नोट पठाउन र कूटनीतिक संवादमार्फत हल खोज्ने प्रक्रिया अविलम्ब सुरु गर्न माग गरेको छ। कांग्रेस केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीसहितको टोलीले हुम्लाको लिमीमा २ किलोमिटरसम्म सीमा अतिक्रमण भएको फेला पारेको जनाएको छ।

प्रकाशित: २९ आश्विन २०७७ ०२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App